रमेश पौडेल ।
गणतन्त्र नै ओझेलमा परेजस्तो लाग्छ
मानवताले अन्तै डेरा सरेजस्तो लाग्छ
महङ्गी र अभावले पिल्सिएकाे देख्दा
नेता मिली आफ्नै पेट भरेजस्तो लाग्छ
मरिहत्ते गरिगरि सत्तालिप्त देख्दा
भित्रभित्रै जालझेल गरेजस्तो लाग्छ
बलत्कारी,भ्रष्टाचारी उन्मुक्त त्यो देख्दा
अत्याचारले दुखी जनता मरेजस्तो लाग्छ
कर जोड्नेले कर बढाई रजाइँ नै गर्दा
सङ्घीयता बीष बिज छरेजस्तो लाग्छ
हुन्न गर्न सबै बुझौं यस्तो आत्मघात
जनता नै अलमलमा परेजस्तो लाग्छ
गणतन्त्र नै ओझेलमा परेजस्तो लाग्छ
मानवताले अन्तै डेरा सरेजस्तो लाग्छ
रमेश पौडेल
मन परे शेयर गरौं कपि पेस्ट गरेर बौद्धिक चोरी नगरौं ।।।