गृहपृष्ठ कला/साहित्य द मोडेल अफ कल्चर कपिलवस्तु २०७६ संचालन हुने

द मोडेल अफ कल्चर कपिलवस्तु २०७६ संचालन हुने

प्रकाशित मिति:

श्याम सि.टी.,कपिलवस्तु ।
”कला,संस्कृतिको सम्वद्र्धन संगै पर्यटनको प्रवद्र्धन, युवा युवतीको ब्याक्तित्व संगै कला कौशलको प्रदर्शन” भन्ने मूल नाराको साथमा कपिलवस्तुमा पहिलो पटक “द मोडेल अफ कल्चर कपिलवस्तु २०७६”को आयोजना हुदैछ ।

कुनै पनि जातिको भाषा,कला,संस्कृतिको संरक्षण ,युवा युवतीहरुमा रहेको कला,कौशलको सम्वद्र्धन तथा पर्यटनको प्रवद्र्धन गर्नको लागि यो कार्यक्रमको आयोजना गर्न लागिएको हो । यसमा कुनै पनि जिल्लाका कुनै पनि जातिका ईच्छुक युवा तथा युवतीहरुले सहभागी भएर आफ्नो कला,कौशलताको प्रदर्शन गर्न सक्नेछन । कला,संस्कृतिलाई सम्वद्र्धन गर्नुका साथै
राष्ट्रमा पर्यटन प्रवद्र्धन गर्नको लागि पनि यो कार्यक्रम गर्न लागेको आयोजकले जनाएको छ ।

 

समुदायमा रहेका युवा युवतीहरुमा लुकेर रहेको प्रतिभालाई प्रस्फुटन गर्नको लागि तथा यसमा रुचि राख्ने महिला तथा पुरुषको लागि यो कार्यक्रम महत्वपूर्ण रहेको बताईएको छ ।
यसमा सहभागीहरुलाई विभिन्न प्रकारको सीप,कला,कौशलको प्रशिक्षण प्रदान गरिनेछ । उत्कृष्ट हुने विजेताहरुलाई नगद,पुरस्कार तथा विभिन्न म्युजिक भिडियोमा खेल्ने अवसर प्रदान गरिनुका साथै विभिन्न केरियर डेभलपमेन्ट सम्बन्धी तालिम लगाएतका अवसरहरु प्रदान गरिनेछ । यसमा छनौट भएका टप टेनहरुलाई पुरस्कार तथा सम्मान प्रदान गरिनेछ ।

बुद्ध सनेस साप्ताहिक पत्रिका तथा थारु पत्रकार संघ नेपालको आयोजना रहेको छ भने थारु कल्याणकारिणी सभा कपिलवस्तु,थारु जागृति युवा क्लब,थारु बगिया लगाएतका थुप्रै संघ संस्थाहरु सहयोगी रहने जनाईएको छ ।

सम्बन्धित् समाचार