निवर्तमान सभामुख कृष्णबहादुर महरालाई रोशनी शाहीमाथि बलात्कार प्रयास गरेको अभियोगमा कानुनअनुसार ५ वर्षसम्म जेल सजाय हुन सक्छ।
जबरजस्ती करणीको प्रयास गरे त्यसको आधी सजाय हुने व्यवस्था संहिताले गरेको छ।
यो कानुन अनुसार निवर्तमान सभामुख महराले रोशनी शाहीमाथि जबरजस्ती करणीको प्रयास प्रमाणित भएमा साढे ३ देखि ५ वर्षसम्म जेल सजाय भोग्नुपर्नेछ।
आफूलाई बलात्कार गर्न प्रयास गरेको र त्यसको प्रतिवाद गर्दा आफूमाथि हिंसा गरेको भन्दै शाहीले नयाँ बानेश्वर प्रहरी वृत्तमा शुक्रबार उजुरी दर्ता गराएकी छन्।
प्रहरीले भोलि अदालत खुलेपछि अदालतको आदेश लिएर महरालाई पक्रने तयारी गरेको छ।
प्रहरीले पक्रेपछि उनीमाथि अनुसन्धान गर्छ। त्यसपश्चात अदालतमा उपस्थित गराउने छ। अभियोग प्रमाणित भए कानुनअनुसार उनलाई ५ वर्षसम्म जेल सजाय हुनेछ।