गृहपृष्ठ Featured उदित नारायणले गाए नेपाल भाषामा गीत (हेर्नुस् भिडिओ)

उदित नारायणले गाए नेपाल भाषामा गीत (हेर्नुस् भिडिओ)

प्रकाशित मिति:

गायक उदित नारायण झाले नेपाल भाषामा गीत गाएका छन्। हिन्दी, नेपाली र भोजपुरी गीतमा स्वर दिइसकेका उनले अब नेपाल (नेवार) भाषाको गीत पनि गाएका हुन्। ‘छंगु जिगु माया रतन’ नामक नेपाल भाषाकै सिनेमाको गीतमा उनी र उनकी श्रीमती तथा गायिका दीपा झाले पनि स्वर दिएकी छन्।

सुखावती मल्टी प्रडक्सनको ब्यानरमा बन्ने सिनेमा दसैंपछि सुटिङ सुरू हुँदैछ। गीतको रेकर्डिङ भने भारतको मुम्बईमा भदौ ९ गते गरिएको गीतका संगीतकार नील शाक्य सेतोपाटीलाई जानकारी दिए।

नील शाक्यको संगीतमा भूपेन्द्र बज्राचार्यले यसमा संगीत संयोजन गरेका हुन्।

त्यस्तै फिल्मका निर्देशक तथा गीतका रचनाकार सुरेन्द्र तुलाधर हुन्। उक्त गीतलाई त्यस फिल्ममा र दीपा महर्जनको ‘सरप्राइज’ एल्बममा पनि राखिने शाक्यले बताए।

https://www.setopati.com/ghumphir/ghumphir-experience/190716

 

 

उदित नारायणले यसअघि नै ३५ भाषामा गीत गाइसकेका छन्। यो उनको ३६औं भाषामा गीत रेकर्डिङ भएको हो। झाले गीत रेकर्डिङका क्रममा गाइरहेको भिडिओ पनि सार्वजनिक गरिएको छ।

भिडिओमा उदितले नेवार भाषामा गाइरहेका देखिन्छन्। उनलाई गाउन कठीन हुने सोचे पनि सरल रुपमै गाएको नील शाक्यले बताए।

सम्बन्धित् समाचार