विजय दशमी २०७६ को अवसरमा “युवा एकता आजको आवश्यकता” भन्ने मुल नाराको साथ वाणगंगा नगरपालिका ९ पडरियामा रहेको युनाईटेड युथ क्लवले आयोजना गरेको प्रथम टोल स्तरिय नकआटउ फुटबल प्रतियोगिताको फाइनल समिकरण पुरा भएको छ ।
आज भएको पहिलो सेमि–फाइनलमा गोल्डेन स्टार युवा क्लवलाई १–० ले हराउदै चन्द्र सुर्य युवा क्लव वर्दहवा फाइनल प्रवेश गरेको हो । खेलको ४७ औँ मिनेटमा वर्दहवाका आशिस वि.क गरेको गोल नै खेलको निर्णयक गोल बन्यो भने दोस्रो सेमि–फाइनलमा आयोजक युनाईटेड युथ क्लव ए लाई हराउदै प्रयास सामाजिक युवा क्लव फाइनलमा प्रवेश गरेको हो ।
खेलको ७ औँ मिनेटमा युथ क्लवका प्रवेश कार्कीले १ गोल गदैँ टिमलाई १–० को स्थितीमा पुराएका थिए तर त्यो गोल धेरै टिक्न सकेन । प्रयास सामाजिकका क्याप्टन अनिल पाण्डेले खेलको १२ औँ मिनेटमा गोल गदैँ टिमलाई बराबरीमा पुराएका थिए । त्यस पछि दुवै टिमका दर्जनौँ प्रहारले जालि चुम्न नसक्दा खेल पेनाल्टी सुट आउटमा गएको हो ।
पेनाल्टी सुट आउटमा प्रयासका गोल रक्षक राजेन्द्र खनाल ( राजन ) ले आयोजककाृे प्रहार रोके पछि प्रयास ३–१ ले पेनाल्टीबाट विजय हुदैँ फाइनल प्रवेश गरेको हो । चन्द्र सुर्य २०७१,७२,७३ को विजेता हो भने प्रयास सामाजिक करीव १० वर्ष पछि कपको खडेरी तोड्ने इतिहास सहित मैदानमा उत्रिने छ ।