गृहपृष्ठ Featured आत्मघाती गोल हुदाँ ७ वर्ष पछि प्रयासको हातमा भलवाड नकआउटको उपाधी , चन्द्र सुर्य बन्यो निरास

आत्मघाती गोल हुदाँ ७ वर्ष पछि प्रयासको हातमा भलवाड नकआउटको उपाधी , चन्द्र सुर्य बन्यो निरास

प्रकाशित मिति:

विजय दशमी २०७६ को अवसरमा “युवा एकता आजको आवश्यकता” भन्ने मुल नाराको साथ वाणगंगा नगरपालिका ९ पडरियामा रहेको युनाईटेड युथ क्लवले आयोजना गरेको प्रथम टोल स्तरिय नकआटउ फुटबल प्रतियोगिता सम्पन्न भएको छ । आज भएको चन्द्र सुर्य युवा क्लव र प्रयास सामाजिक युवा क्लव बिच भएको फाइनल भिडन्त निकै रोमान्चक बनेको थियो । निर्धारित ९० मिनेटमा दुवै तर्फबाट गोल नहुदाँ खेलमा १५ मिनेट अतिरिक्त समय थप गरिएको थियो । खेलको ९७ औँ मिनेटमा चन्द्र सुर्यका खेलाडीले बल किलियर गर्न खोज्दा बलले जालि चुम्न गयो र आत्मघाति गोल हुन पुग्यो । त्यस पछि दुवै टिमको प्रहारले जालि चुम्न सकेन र प्रयास विजय भएको हो । प्रतियोगिताको उत्कृष्ट खेलाडी चन्द्र सुर्यका जिवन अधिकारीले पाए ।

प्रथम हुदैँ प्रयासले खसी ,सिल्ड, मेडल र प्रमाण पत्र हात पा¥यो भने दोस्रो हुदै चन्द्र सुर्यले बोका , सिल्ड,मेडलमा चित्त बुझायो । आयोजक क्लवका अध्यक्ष चुरामणि अर्यालको अध्यक्षता , वाणगंगा न.पा ९ का वडा अध्यक्ष धुव्र बेल्वासेको प्रमुख आतिथियता रहेको कार्यक्रममा सरेपानि सामुदायिक बनका अध्यक्ष , जनचेतना कृषिक महिला समुहका अध्यक्ष , इलाक प्रहरी कार्यालय पिपरा प्रमुख लगायतको आथितियता रहेको कार्यक्रममा सदस्य आश्विन कार्कीको सञ्चालनमा सम्पन्न भएको हो ।

सम्बन्धित् समाचार