गृहपृष्ठ Featured कपिलवस्तु जेसिसका संस्थापक अध्यक्ष मल्ल सम्मानित

कपिलवस्तु जेसिसका संस्थापक अध्यक्ष मल्ल सम्मानित

कपिलवस्तु जेसिसका संस्थापक अध्यक्ष कमल देव मल्ल सम्मानित भएका छन । कपिलवस्तु जेसिस वर्ष २०१९,०२०को टिमले उनलाई दशैं, तिहार, छठ पर्वको शुभकामना आदान प्रदान कार्यक्रमको अवसर पारेर सम्मान गरेको हो । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको केन्द्रीय उपाध्यक्षमा निवार्चित भएका उनलाई जेसिस कपिलवस्तुले दोसल्ला ओढाएर सम्मान गरेको छ ।

सम्मान तथा शुभकामना कार्यक्रममा कपिलवस्तु जेसिसका संस्थापक अध्यक्ष कमल देव मल्लले आभारि हुदैँ कपिलवस्तु जेसिस युवा उद्यमि मैत्रिं बन्न सकोस भन्ने अपेक्षा राखेका थिए ।

त्यस्तै संस्थापक महासचिव डोलखराम घिमिरे , कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष उमानाथ पौडेल , कार्यकारणी उपध्यक्ष गुरुदेव पौडेल, जेसि विनोद पन्थ , जेसि बोर्डका सल्लाहकार सुशिल पौडेल ,सन्जु चैधरि , पुरन प्रसाद थारु , लगाएतले मल्ललाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।

कपिलवस्तु जेसिस वर्ष २०१९,०२०का अध्यक्ष खुमानन्द घिमिरेको अध्यक्षता ,कार्यक्रमका संयोजक जेसि चन्द्रकान्ता पोख्रेलको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन कपिलवस्तु जेसिसका महासचिव शुसिल खत्रिले गरेका थिए । कार्यक्रममा पत्रकार ,समाजसेवि लगाएतको उपस्थीति रहेको थियो ।

सम्बन्धित् समाचार