गृहपृष्ठ Featured राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीलगायत विशीष्ट व्यक्तित्वहरुले दिए दशैको शुभकामना

राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीलगायत विशीष्ट व्यक्तित्वहरुले दिए दशैको शुभकामना

प्रकाशित मिति:

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालीहरूको राष्ट्रिय चाड बडादशैँले सबै नेपालीलाई आ–आफ्नो क्षेत्रबाट न्याय र समानतासहितको सामाजिक–आर्थिक समृद्धि, सामाजिक एकता, आपसी सद्भाव र भ्रातृत्व अभिवृद्धिमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।

यसैबीच, उपराष्ट्रपति नन्दबहादुर पुनले नेपालीहरुको महान् पर्व विजयादशमीको अवसरमा राष्ट्रको निरन्तर समुन्नति, समृद्धिका साथै स्वदेश–विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदी–बहिनी तथा दाजुभाईहरुमा सुख, शान्ति, सु–स्वास्थ्य समृद्धि एवम् उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभएको छ ।

यता प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्धिसँगै सभ्य र सुसंस्कृत समाज निर्माणमा सबै अग्रसर हुनुपर्ने बताउनुभएको छ ।वडादशैंको अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।

प्रधानमन्त्री ओलीले नेपालीहरु राजनीतिक अधिकार प्राप्तिको आन्दोलन सकेर समृद्धिको यात्रामा रहेको स्मरण गराउनुभएको छ । प्रधानमन्त्री ओलीले दशैं मनाइरहँदा स्वास्थ्य, मित्रता,सामाजिक शान्तिलाई विशेष ध्यान दिनुपर्ने उल्लेख गर्नुभएको छ ।

सन्देशमा प्रधानमन्त्री ओलीले चाडपर्वमा आफूले गर्ने व्यवहारका कारण कसैलाई पनि प्रतिकूल असर पार्नु नहुने कुरामा बिशेष जोड दिनुभएको छ । प्रधानमन्त्री ओलीले चाडहरु बढी खर्चालु नबनाउन सबैलाई आग्रह् गर्नुभएको छ ।

नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले विजया दशमीको पावन अवसरमा सम्पूर्ण नेपाली दाजु–भाइ तथा दिदी–बहिनीहरुमा हार्दिक मंगलमय शुभ–कामना व्यक्त गर्नुभएको छ ।

विजया दशमीको अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै सभापति देउवाले धार्मिक र सांस्कृतिक पर्व विजया दशमी अन्यायमाथि न्यायको तथा असत्यमाथि सत्यको विजयको शाश्वत सन्देश दिने चाड भएको बताउनु भएको हो ।

सम्बन्धित् समाचार