कपिलवस्तु बुद्धभुमिका मेयर केशव कुमार श्रेष्ठले सुधार केन्द्रका युवासगं दशै मनाएका छन । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नः १ मा रहेको राजेश आस्था फाउण्डेशन (सुधार केन्द्र)का युवाहरुसगं दशै मनाएका छन । दशैमा घर जान नपाएका युवासगं यसरी दशै मनउन पाउदा निकै खुशी लागेको मेयर श्रेष्ठले बताए ।
सो राजेश आस्था फाउण्डेशनका युवालाई मेयर केशव कुमार श्रेष्ठ, तरुण दल जिल्ला कार्य समिति कपिलवस्तुका अध्यक्ष खोम बहादुर सिहं ठकुरी (शतिm), तरुण दल कपिलवस्तु क्षेत्र नः १ का क्षेत्रीय सभापति तिलक थापाले उनीहरुलाई दुर्गा माताले रक्षा गरुन भन्दै टिका लगाएर प्रगतिको शुभकामना दिदै समाज परिर्वतनका क्षेत्रमा यहाबाट निस्कीएर काम गर्नेमा बिश्वास लिएको बताए । यसरी समाजका बरिष्ठ ब्यतिmहरुबाट टिका लगाउन पाउदा निकै खुशी मिलेको सुधार केन्द्रका युुवाहरुले बताए ।