नेपालले सुरुवाती ब्याटिङ आक्रामक गरे पनि मध्यक्रममा ब्याटिङ नचल्दा आयरल्यान्डसँग १३ रनले पराजित भएको छ।
ओमानमा भइरहेको पाँच देश सम्मिलित टी–२० सिरिजमा आफ्नो तेस्रो खेलमा नेपाल आयरल्यान्डसँग हारेसँगै सिरिज जित्ने लक्ष्यमा धक्का लागेको छ। नेपालले पहिलो दुई खेलमा सनसनीपूर्ण जित निकाले पनि तेस्रो खेलको हारसँगै सिरिज जित्ने यात्रामा धक्का लागेको हो।
टस हारेर १४६ रनको विजय लक्ष्य पछ्याएको नेपालले १९.५ ओभरमा अलआउट हुँदै १३२ रन मात्र बनाउन सक्यो।
सुरुवातमा कप्तान पारस खड्काले आक्रामक ब्याटिङ गरे। उनले १४ बलमा २५ रन जोडे। त्यस्तै आरिफ शेखले २६ रन जोडे। ओपनर इशान पाण्डेले ३० बलमा २२ रन जोडे। आठौँ नम्बरमा ब्याटिङ गर्न आएका करण केसीले १६ रन जोडे। अन्त्यमा आक्रमक ब्याटिङ गरेका उकनले मात्र ९ बलमा १ छक्का र १ चौका हिर्काए। अन्तिम ओभरमा २५ रन चाहिएको बेला उनले ओभरको पहिलो र दोस्रो बलमा क्रमशः छक्का र चौका हिर्काएर आशा जगाएका थिए । तर तेस्रो बलमा बाउन्ड्री लाइनमा क्याच आउट भयो।
आयरल्यान्डलाई जित दिलाउन मार्क अदेयर र जर्ज डक्रेलले महत्वपूर्ण ३÷३ विकेट लिए।
जारी सिरिजमा नेपालसहित आयोजक ओमान, आयरल्यान्ड, नेदरल्यान्ड र हङकङ सहभागी छन्।
नेपालले अब बिहीबार आयोजक ओमानसँग खेल्नेछ