गृहपृष्ठ Featured तरुण दल र नेबिसघं कपिलवस्तुले कापी र कलम बाढेर बालबालिकासगं मनाए दशै

तरुण दल र नेबिसघं कपिलवस्तुले कापी र कलम बाढेर बालबालिकासगं मनाए दशै

प्रकाशित मिति:

तरुण दल जिल्ला कार्य समिति कपिलवस्तु र नेपाल बिद्यार्थी सघं कपिलवस्तु क्षेत्र नः १ ले दशैको अवसरमा बालबालिकासगं खुशी साटासाट गरेर मनाएका छन । बाणगंगा नगरपालिकाको वडा नः १० पटना भावपुरमा रहेका बालबालिकासगं तरुण दल र नेविसघंले दशै मनाएको हो । दशैको टिका लगाउदै ५५ जना बालबालिकालाई कपि र कलम दिएर दशै मनाएको युवा नेता तथा तरुण दलका जिल्ला सभापति खोम बहादुर सिहं ठकुरी (शतिm)ले वैखरी अनलाइनलाई जानकारी दिए ।

सो अवसरमा बौल्दै अध्यक्ष ठकुरीले दशै सबैको साझा पर्वका रुपमा रहेको बताउदै कापि कलम नहुदा समस्यामा परेकासगं दशै मनाएको उनले बताए ।

त्यस्तै नेपाल बिद्यार्थी सघं क्षेत्र नः १ का सभापति चन्द्रकान्त पोखरेलले दशै आफु मात्र खुशी नभएर आम नेपालीले एकले अर्कालाई सहयोग गरेर , सदभाव देखाएर खुशी साट्ने पर्व रहेकाले हामीले यसरी खुशी साटासाट गरेको बताए । सो अवसरमा नेपाल काग्रेसका महासमिति सदस्य दुर्गा सेन, काग्रेस नेता बिष्णु प्रसाद न्यौपाने, शतिmराज ज्ञवाली, राम नक्षत्र थारु, तरुण दल कपिलवस्तु क्षेत्र नः १ का क्षेत्रीय सभापति तिलक थापा, सचिव गोविन्द आर्चाय, प्रेस युनियन जिल्ला कोषाध्यक्ष गुरुदेव पौडेल बिद्यार्थी नेता बुद्धि बहादुर रोका (दिनेश क्षेत्री), हरि ढुङगाना लगायतले सो अवसरमा आाफनो धारणा राखेका थिए ।

सम्बन्धित् समाचार