गृहपृष्ठ कला/साहित्य कविता : खहरे र जिवन

कविता : खहरे र जिवन

प्रकाशित मिति:

वर्षा मासमा कलकल बगने ती खहरे खोलाहरु
उन्माद वैंसमा भाच्दै हिड्ने ती वैसका भेलहरु
घुम्दै डुल्दै गाउपाखा सबै हरियाली पारेर खेत
सबैलाई देख्ने सुन्दर बेला त्यो रमणिय बन्छ भेट।।

जब छोड्दै जान्छ वर्षाले तब खहरे जान्छ सुक्दै सुक्दै
हुन्छ सबै थोक उजाड तब पर्छ हिड्न लुक्दै लुक्दै
जब आउँछ चिसो शिशिरको झर्छ पात सबै रुखको
चाउरिन्छन गाला तब जान्छ हराउदै आश सुखको।।

खाली र सुख्खा खहरेको उड्छ बलुवा ढुङ्गा सबै
कस्लेपो गर्छ र स्विकार उसलाई बैँस उसको नभै
हट्यो सबको मानसपटलबाट उसको लिला यहाँ
बढेको दम फुलेको कपाल माथि पर्छन र आँखा कहाँ।।

दुर्गालाल तिवारी

देवदह ५ वैकुण्ठनगर, रूपन्देहि

सम्बन्धित् समाचार