गृहपृष्ठ Featured तौलीहवामा नगर सफाईको अगुवाई गर्दै वडा सदस्य बारी

तौलीहवामा नगर सफाईको अगुवाई गर्दै वडा सदस्य बारी

प्रकाशित मिति:

सबैलाई चाड पर्वको रौनकका बेला कपिलवस्तु नगरपालिका वडा नम्बर १ का वडा सदस्य बिष्णु प्रसाद बारी नगर सफाईमा जुटेका छन । चाड पर्वमा केहि कर्मचारी बिदामा बस्ने र केहि कर्मचारीलाई तत्कालै समस्या आउदाँ बारी आफैले कपिलवस्तु नगरपालिकाको टयाक्टर चलाएर नगर सफाईमा सहयोग पुर्याउने गरेका छन ।

गत अशोज २१ गते सबै हिन्दु नेपालीहरुले बिजया दशमी मनाउदै गर्दा नगर सदस्य बारी भने बिहान ६ बजे देखी १२ बजे सम्म टयाक्टर चलाउन व्यस्त थिए । उनले कपिलवस्तु नगरपालिकाको फोहर संकलन गर्ने लु १ द ९८ नम्बरको टयाक्टरमा सफाई कर्मचारी राखेर नगरका बिभिन्न चोकमा पुगेर फोहर संकलन गर्ने कार्यमा सहयोग पुर्याएका थिए ।

नगर सफाई गर्ने क्रममा कपिलवस्तु नगरपालिकाको फोहर संकलन गर्ने टयाक्टरका चालक बिरामी परे पछि वडा सदस्य बारीले आफै ट्याक्टर चलाएर फोहर संकलनमा सहयोग गरेका थिए । उनले दशैका दिन मात्र नभई अन्य समयमा समेत फोहर संकलन गर्ने टयाक्टरको चालक नहुदाँ आफै टयाक्टर चलाएर सहयोग गर्दै आएका छन । त्यति मात्रै नभई नगरमा बर्षाका बेला आउने भेलले हुने डुबान सफाई गर्न मोटरसाईकलमा कर्मचारी बोकेर उनी आफै पुग्ने गरेका छन । नगर सफाइृका लागी वडा सदस्य बारीको भुमिका उदाहणीय रहेको सोही वडाका पर्शुराम बारीले बताए ।

“वडा सदस्य आफैले ट्याक्टर चलाएर फोहर संकलन गर्ने कार्यमा खटिनु उदाहरणीय हो । ” उनले भने । उनी जस्तै अर्का वडाबासी पशुपती प्रसाद तेलीले वडा सदस्य बारीले नगर सफाईमा उदाहणीय योगदान दिएको बताउछन । “अरु जन प्रतिनिधी ठाटिएर हिड्दा वडा सदस्य बारीको काम हामी सबैले उदाहरणीय मानेका छौ ।” उनले भने । नगर क्षेत्रको सफाईलाई व्यवस्थित बनाउन कर्मचारीको अनुपस्थितीमा आफुले फोहर संकलन गर्ने गाडी चलाउनुका साथै ढल सफाई लगायतका कार्यमा अगुवाई गर्ने गरेको वडा सदस्य बिष्णु बारीले बताए । “चाडबाडका बेला नगरबासीको घर अघि फोहरमैला थुप्रिए नराम्रो मान्छन ।

त्यसैले फोहरमैला व्यवस्थापन गर्नका लागी नगरपालिकामा सवारी चालक अनुपस्थित हुदाँ समय दिदै आएको छु ।” उनले भने । वडा सदस्य बिष्णुले वडा र नगरपालिकाबाट कुनै अतिरिक्त सुबिधा नलिई नगर सफाईको अभियानमा खट्दै आएका छन । नगरपालिकामा फोहरमैला व्यवस्थित नभए नागरिकले वडा सदस्य बारीलाई नै गुनासो गर्ने गरेका छन ।

सबैले दशै मनाउदै गर्दा नगरमा सरसफाईको अभियानमा खटिएका बारीलाई सबैले उत्कृष्ट जनप्रतिनिधीको रुपमा देखेको कपिलवस्तु नगरपालिका १ का वडा अध्यक्ष सुदिप पौडेलले बताए । कपिलवस्तु नगर कार्यपालिकामा कुल ६२ सदस्य मध्य नगर सफाईमा वडा सदस्य बिष्णु बारीको भुमिकालाई नगरबासीले समेत प्रशंसा गर्दै आएका छन ।

सम्बन्धित् समाचार