गृहपृष्ठ Featured बाणगंगाको बिकासका लागी मौरी जस्तै सबै मेहेनती बनौ ः सासंद पन्थी

बाणगंगाको बिकासका लागी मौरी जस्तै सबै मेहेनती बनौ ः सासंद पन्थी

प्रकाशित मिति:

प्रदेश नः ५ का प्रदेश सभा सदस्य तथा सांसद बिष्णु पन्थीले बाणगंगा नगरपालिकाको बिकासका लागी मौरी जस्तै मेहेन तगर्न आवश्यक रहेको बताएका छन । बाागंगा मौरी पालन तथा सह उत्पादक सहकारी सस्था लिमिटेडको साधारण सभामा बोल्दै सांसद पन्थीले ४० देखि ८० हजार मौरी एउटा चाकामा अटाउने र त्यसको लिडिङ एउटा रानी मौरीले गरेजस्तै मौरी उत्पादनका क्षेत्रमा यस सहकारीले नेतृत्व गर्ने बिश्वास लिएको बताए । अन्य मौरी जन्मीएता पनि रानी मौरी जन्माउनु परे जस्तै अवको बाणगंगाको बिकासका लागी तपाई हामी मौरी जस्तै जन्माइएकोमा उनले जोड दिए । बाणगंगाको वडा नः १ बैरीयामा रहेको कपिलवस्तु जेसिज हलमा भएको कार्यक्रममा उनले यस्तो बताएका हुन ।


कार्यक्रममा बोल्दै वडा नः १ का बाल कुमारी अधिकारी पन्थ र २ का वडा अध्यक्ष बिष्णु पौडेलले सहकारीको बिकासका लागी वडाले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउदै मौरी पालक कृषकको स्तरउन्नतीका लागी नगरपालिकासगं सहकार्य गरी योजना ल्याउने समेत बताए । कार्यक्रममा नेपाल मौरी पालन केन्द्रिय सहकारी सस्थाका अध्यक्ष अर्जुन पोखरेल, बाणगंगा नगरपालिकाका लेक केसि, सहकारी अध्यक्ष लिलापति घिमिरे, त्यस्तै घनश्याम घिमिरे, कोषाध्यक्ष इन्दु पौडेल, टिकाराम भुसाल , चिरन्जीवि भुसाल, मनकामना सामुदायिक बनका अध्यक्ष अमित पौडेल, स्वाभिमान बचत सहकारीका अध्यक्ष देवि पाण्डे, दर्शन सहकारीका अध्यक्ष बिदुर मल्ल लगायतले आआफनो धारणा राखेका थिए । कार्यक्रममा सय बढिको सहभागिता रहेको थियो ।

 

सम्बन्धित् समाचार