गृहपृष्ठ Featured दुई सभालाई सम्बोधन गर्न कृषि मन्त्री खनाल कपिलवस्तु आउने

दुई सभालाई सम्बोधन गर्न कृषि मन्त्री खनाल कपिलवस्तु आउने

सरकारका कृषि तथा पशु पंक्षि विकास मन्त्री चक्रपाणी खनाल (बलदेव) कपिलवस्तुको महाराजगन्ज र पकडीमा हुने सभालाई सम्बोधन गर्न शनिवार कपिलवस्तु आउनुहुने भएको छ । मन्त्री खनालले नेकपा महाराजगन्ज नगर कमिटी र शुद्धोधन गाउँपालिकाद्धारा विजया दशमी, शुभ दिपावली र छठ पर्वको अवसरमा आयोजित शुभकामना आद्रान प्रदान तथा चियापान सहितको सभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको नेकपाका जिल्ला नेता डम्मर शर्माले जानकारी दिनु भएको छ ।

नेकपाका स्थायी कमिटी सदस्य समेत रहनु भएका नेता खनालले पकडीको अविरावको भैसकुन्डमा हुने सभालाई विहान ११ बजे र महाराजगन्ज हुने सभालाई १ बजे सम्बोधन गर्ने कार्यक्रम तय भएको नेकपा कपिलवस्तुले जनाएको छ ।

नेकपा महाराजगन्ज नगर कमिटीका अध्यक्ष विजय जैयशवाल र नेकपा पकडी गाउँ कमिटीका अध्यक्ष रागबेन्द्र पाण्डेले पार्टीले कार्यकर्ता, शुभेच्छुक, संचारकर्मीलाई सभामा उपस्थितीका लागि आग्रह गर्नु भएको छ ।

सम्बन्धित् समाचार