गृहपृष्ठ Featured कपिलवस्तुका कलवारले बोरामा चामल घटाएर बेचेपछि २ लाख जरिबाना

कपिलवस्तुका कलवारले बोरामा चामल घटाएर बेचेपछि २ लाख जरिबाना

प्रकाशित मिति:

बोरामा एक किलो चामल घटाएर बेच्ने कपिलवस्तुका एक ब्यापारीलाई जरिवाना गरिएको छ । हरेक बोरामा एक केजी कम चामल बेच्ने ब्यापारीलाई २ लाख जरिबाना गरीएको हो । ठगी गरी चामल बेच्ने सन्धिखर्क–२, चुत्रबेसीमा रहेको शिवा किराना तथा भण्डारका सञ्चालक कपिलवस्तुका सञ्जयकुमार कलवार रहेका छन् । अनुगमनको क्रममा तौलमा उपभोक्तालाई ठगी गरेको भेटिएपछि २ लाख रुपैयाँ जरिबाना तिराएको बताईएको छ ।

उनले ३० किलो र २५ किलोको चामलको बोरामा १ किलो घटाएर बेचेको गुनासो आएपछि सन्धिखर्क नगरपालिकाले अनुगमन गरेको थियो । कलवारले सन्धिखर्कका विभिन्न पसलहरुमा राम चामल, ब्ल्याकबेरी चामल र कैलाशी चामलमा १ किलो घटाएर चार सय पच्चीस बोरा चामल बेचेको स्वीकार गरेपछि उनलाई कारबाही गरिएको सन्धिखर्क नगरपालिकाले बताएको छ ।

सम्बन्धित् समाचार