गृहपृष्ठ कला/साहित्य दुर्गेसले पुनः राखे विवादित गीत, शीर्षक गरे परिवर्तन

दुर्गेसले पुनः राखे विवादित गीत, शीर्षक गरे परिवर्तन

प्रकाशित मिति:

६ कात्तिक, काठमाडौं । गायक तथा मोडल दुर्गेस थापाले ‘ह्याप्पी तिहार’ बोलको गीत पुनः युट्युबमा अपलोड गरेका छन् । उनले पुनः राखेको गीतको शीर्षक ‘डन आयो डन’ राखेका छन् ।

उनको गीतविरुद्ध गाँजा र रक्सीको प्रचार गरेको र समाजिक सद्भाव भड्काउने किसिमको शब्दहरु भएको भन्दै गीतलाई आवश्यक कारवाही गर्नको लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी परेको थियो ।

उजुरीपछि प्रशासनले प्रहरीलाई गीतको विषयमा अनुसन्धान गर्न निर्देशन दिएको थियो । निर्देशनपछि प्रहरीले दुर्गेसलाई महनगरीय प्रहरी परिसर काठमाडौंमा बोलाएर गीतमा भएको गल्ती औँल्याउँदै गीत हटाउन अनुरोधन गरेको थियो । त्यहि अनुरुप दुर्गेसले मंगलबार दिउँसो गीत हटाएका थिए । उनले माफी माग्दै आफूले अब बनाउने गीतहरुमा गल्ती नगर्ने बताएका छन् ।

गीत हटाएपछि सञ्चारकर्मीसँगको प्रतिक्रियामा धुम्ररपान र मद्यपान स्वास्थ्यको लागि हानिकारक छ भन्ने सन्देश राख्ने र अन्य शब्दहरु पनि हटाउने वा बिप गर्ने बताएका थिए । सोही अनुरुप दुर्गेसले बुधबार दिउँसो आफ्नो गीत सार्वजनिक गरेका छन् । गीतमा ‘ह्याप्पी तिहार चिसो बियर’ भन्ने शब्द हटाइएको छ भने गाँजा शब्दमा ‘टुँ’ राखिएको छ । 

सम्बन्धित् समाचार