कपिलवस्तु ।
सुस्मिता बरालले कपिलवस्तुको बाणगंगा नगरपालिकाबाट नै नागरिकता पाउने कपिलवस्तु जिल्ला प्रशासन कार्यालयका प्रमुख गजेन्द्र श्रेष्ठले बताएका छन ।
जन्मदर्ता र बसाईसराईमा जन्ममिति फरक भए जन्मदर्ता र शैक्षिक योग्यताको प्रमाण पत्रका आधारमा नागरिकता दिन मिल्ने सिडिओ श्रेष्ठले बताएका छन । बसाई सराई र जन्मदर्तामा मिति फरक हुँदैमा नागरिकता सिफारिस रोकेर बालबालिकाको भविष्यप्रति वडा अध्यक्ष गैर जिम्मेवार बन्न नमिल्ने वैखरी अनलाइनलाई बताएका छन । यसका लागि आफूले पनि आवश्यक पहल गर्ने उनले बताए ।
सुस्मिता बराललाई नर्सिङ लाइसेन्सलाई कार्त्तिक ९ गते अनिवार्य नागरिकता आवश्यक रहेको छ । उनले आफ्नो भविष्यमाथि खेलवाड नगरिदिन अध्यक्ष गिरीलाई आग्रह समेत वैखरी मिडिया मार्फत गरेकी छिन् ।
यस कारण लेखियो आमाको नागरिकतामा अबिवाहित
पिडित सुस्मिता बरालकी आमा पार्वती घिमिरेको नागरिकता मिति २०५१—५—२२ मा बनेको र नागरिकता बनेको समयमा उनी अबिवाहित रहेको र हाल उनीसगं रहेको नागरिकता मिति २०७३—३—१ प्रथम प्रतिलिपि जारी गरिएको हुदा प्रतिलिपि जारी गरिएको नागरिकतामा प्रथम पटक बनेको नागरिकताको विवरणहरु राखिने हुँदा उनको नागरिकतामा पतिको नाम थर नरहेको हो ।
बिवाह दर्ता भएको मिति भन्दा केही बर्षपछि प्रतिलिपि जारी गरिएको अवस्थामा नागरिकतामा पतिको नाम नभएको भन्दै वडा अध्यक्ष गिरीले छोरीको नागरिकता सिफारिस गर्न रोकेका थिए । पिडितकाका बुवा आमाले २०५५—१२—१७ गते बिवाह दर्ता गरेका छन ।