गृहपृष्ठ खबर दाइजो प्रथा बिरुद्ध सडक नाटक सम्पन्न

दाइजो प्रथा बिरुद्ध सडक नाटक सम्पन्न

उमेश बि.क/ नवलपरासी ,६ कार्तिक /

नवलपरासीको सरावल गाउँपालिका वडा नं.४ हातिवनमा दाइजो प्रथा बिरुद्ध सडक नाटक सम्पन्न भएको छ।

सरावल गाउँपालिका वडा नं.३ मा अवस्थित दुर्गा माता किशोरी समूहकाे अायाेजना तथा एबिसि नेपाल र स्ट्राेम फाउन्डेसन नेपालकाे सहयोगमा दाइजो प्रथा बिरुद्ध सडक नाटक गरिएको हाे।

किशोरी समूहकि अध्यक्ष सम्झना हरिजनकाे अध्यक्षता तथा गाउँपालिका उपाध्यक्ष उत्तमा रायकाे प्रमुख अातिथ्यतामा भएको सडक नाटकलाई सम्बाेधन गर्दै गाउँपालिका उपाध्यक्ष रायले दाइजो प्रथा समाजिक जघन्य अपराध भएको हुनाले लिने र दिने ब्यक्तिलाई कारवाहि गरिने र उल्लंघन गर्नेलाइ बिगो जफत गरी जरिवाना र कैद वा दुबै सजाय दिइने छ।दाइजो प्रथाका कारण महिलामाथि अत्यधिक हिंसा हुने गर्दछ। त्यसकारण किशोरीहरुलाई शिक्षा दिन आग्रह गर्दै किशोरीहरु शिक्षित भए अगाडी गएर केही यस्ता समस्या नघट्ने उनले बताइन । उनले महिला हिंसा भए चुप लागेर नबस्नु पर्ने र महिलाहरु आफ्नो अधिकारको लागि आफै अगाडी बढनु पर्ने धारणा राखिन । कसैले केही भने पनि त्यसको प्रवाह नगरीकन आफ्नो अधिकारको लागि आफै अगाडी बढनु पर्ने रायको भनाई थियो ।

सडक नाटक किशोर किशोरी सन्जालका सदस्य सन्दिप बि.क ,दुर्गा बि.क,रिङ्कु दुसाध,सम्सुदिन खा , असिफा नेसा, लक्ष्मि बि.क,महेश यादव,बुद्ध सागर सहानि,प्रितम बि.क, लगायतकाले सडक नाटक प्रस्तुत गरेका थिए ।

कार्यक्रममा पत्रकार उमेश बि.क ,बुद्ध ज्याेति प्रा.बि का प्रअ बिनाेद पाण्डे , समाजसेवी प्रभेक यादव , दुर्गेश गुप्ता तथा गाउँबासिहरुकाे सहभागीता रहेको थियाे।

सम्बन्धित् समाचार