कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नः ७ का वडा अध्यक्ष बिष्णु गिरिलाई वडा अध्यक्ष बिष्णु अकंल नागरिकता सिफारिस गरि दिनु हुन भन्दै पिडित सुस्मिता बरालले आग्रह गरेकी छिन ।
वैखरी अनलाइनसगं कुरा गर्दै उनले नर्सिङ लाइसेन्सका लागी कात्तिक ९ गते अनिवार्य नागरिता आवश्यक रहेकाले नागरिकता सिफारिस गरेर सहयोेग गर्न उनले आग्रह गरेकी हुन ।
“म तपाईकै अगाडी झोला बोकेर स्कुल गएको, बनगाईको चोकमै खेलेको हुर्केको, तपाईलाई बाटोमा भेट्दा अकंल नमस्ते भनेको के तपाईले भुल्नु भयो तर तपाईले नमस्ते छोरी, आराम छौ भनेर भनेको मैले अझै भुलेकी छैन ” भन्दै कृपया नर्सिङ लाइसेन्सका लागी नागरिकता सिफारिस गरेर सहयोग गर्न उनले आग्रह गरिन ।
केही बिषय भए बुवाआमासगं लडाई पछि लड्दा पनि हुन्छ , मेरो भविष्य अन्योल हुदा सबै भन्दा बढि असर मलाई पर्ने भएकाले सहयोग गर्न उनले आग्रह गरिन । सुस्मिता बराल असोज २३ बाट नागरिकता पाउनका लागी दौडधुप गरी रहेकी छन ।