गृहपृष्ठ Featured वैखरीका प्रधान सम्पादक पौडेललाई धम्की

वैखरीका प्रधान सम्पादक पौडेललाई धम्की

प्रकाशित मिति:

वैखरी अनलाइन
कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नः ७ बाट नागरिकता सिफारिसका बिषयमा लिएर समाचार लेखेको बिषयलाई लिएर वैखरीका प्रधान सम्पादक अशोक पौडेललाई धम्की आएको छ ।

नागरिकता सिफारिस नगरेको भन्दै पिडित सुस्मिता बरालको परिवार वैखरीका प्रधान सम्पादक अशोक पौेडेललाई असोज २७ गते सम्पर्क गरेकोमा आफु जिल्ला बाहिर कार्यक्रमका लागी रहेको भन्दै केही दिन पछि वडा अध्यक्षले सिफारिस गर्ने बिश्वासमा तत्काल समाचार नलेखौ भनी पिडित पक्षलाई रोकेर राखेका थिए ।

त्यस लगत्तै वैखरीका प्रधान सम्पादक अशोक पौडेलले वडा नः ७ का बिष्णु गिरि वडा अध्यक्ष र सचिवलाई सम्पर्क  गरि पिडित र सम्बन्धीत पक्षको भनाईसहित पत्रकार आचारसंहितामा रही वैखरी अनलाइनले समाचार प्रकाशन गरेकोमा उनका छोरा बिवेक गिरिले “अव जे पनि हुन्छ हेर्दै जा” भनि फेसबुक एसएमएसमा धम्की दिएका हुन ।

सम्बन्धित् समाचार