गृहपृष्ठ Featured नव प्रभात युवा क्लवको आयोजनामा भलिबल प्रतियोगिता हुदैँ

नव प्रभात युवा क्लवको आयोजनामा भलिबल प्रतियोगिता हुदैँ

राष्ट्रिय खेलका रुपमा विकास भएको भलिबल खेललाई नव प्रभात युवा क्लव ठाकुरापुरले शुभ दिपावली २०७६ को अबसरमा खुल्ला नकआउट भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ । युवाहरुलाई खेलका माध्यमबाट भाईचराको सम्बन्ध स्थापना गर्न , भलिबल खेललाई जागरुप गराउने पनि प्रतियोगिता आयोजना गरेको क्लवका अध्यक्ष मिलन चालिसेले बताउनु भएको छ ।

कार्तिक २१ गते देखी वाणगंगा माध्यमिक विद्यालयको खेल मैदानमा सञ्चालन हुने प्रतियोगिताको आकर्षणका रुपमा खसी रहने क्लवले जनाएको छ । प्रतियोगिताको प्रथम पुरस्कार ५० हजार र खसी रहने छ भने द्धितिय पुरस्कार ३५ हजार , तृतिय पुरस्कार २० हजार र सान्त्वना पुरस्कार ५ हजार रहने संस्थाका सचिव गोविन्द राज पौडेलले जानकारी दिनुभएको छ ।

प्रतियोगितामा सहभागि हुने समुहले कार्तिक १९ गते सम्ममा आफ्नो समुह दर्ता गर्नु पर्ने क्लवले जनाएको छ ।

सम्बन्धित् समाचार