गृहपृष्ठ कला/साहित्य चितवनमा सुनिए गाउँले

चितवनमा सुनिए गाउँले

प्रकाशित मिति:

कार्त्तिक  ८/ भरतपुर

कवि तथा गजलकार नारायण गाउँले शुक्रबार चितवनमा आफ्ना रचनाहरुका साथ प्रस्तुत भए ।

नारायणगढस्थित बालकुमारी माविको स्वर्ण महोत्सवका अवसरमा बालमाविद् अलुम्नाई एसोसिएसनले गाउँलेलाई रचना वाचनका लागि प्रस्तुत गरेको हो ।

कविता तथा गजल वाचन कार्यक्रममा कवि गाउँलेले केहि कविता, केहि मुक्तक र धेरै गजल सुनाए । कार्यक्रममा प्रमुख अतिथि गोविन्दराज बिनोदीले पनि तिहार सम्बन्धि एउटा कविता सुनाएका थिए ।

नवलपरासीको कावासोतीका गाउँले विगत एक दशकदेखि परिवारसहित बेलायत बस्दै आएका छन् । बेलायतमा हुने गरेका साहित्यिक र सामाजिक गतिविधिमा पनि गाउँलेको सक्रियता देखिन्छ ।

सम्बन्धित् समाचार