वाणगंगा नगरपालिकाले ठुलो चार्ड तिहारमा खेलीने देउसी भैलौमा १ सय ५१ रुपैया भन्दा बढी दान नगर्न आग्रह गरेको छ । वाणगंगा नगरपालिकाको शुक्रबार बसेको बैठकले देउसी भैलौमा १ सय ५१ भन्दा बढि रकम नदिन आग्रह गरेको हो ।
यसका साथै बैठकले देउसी भैलो खेल्ने विभिन्न समुह तथा संस्थाहरुलाई आफ्नो मौलिक संस्कृतिलाई प्राथमिकता दिनेगरी भैलो खेल्न भनेको छ । दिपावलीको समयमा विभिन्न किसिमका पटका पट्काउदा जनमानसमा त्रास छाएको भन्दै पटका पडकाउने र आतिशबाजी गर्न निषेध गरेको छ ।
बैठकमा मेयर मंगल प्रसाद थारु, उपमेयर चक्र अर्याल, प्रमुख प्रशासकिय अधिकृत कृष्णप्रसाद सापकोटा, सम्पूर्ण वडा अध्यक्ष, कार्यपालिका सदस्य, विभिन्न शाखा प्रमुख लगाएतको उपस्थिती रहेको थियो ।








