वैखरी अनलाइन कपिलवस्तु
पछिल्लो केही दिन देखी कपिलवस्तुको बाणगंगा नगरपालिका क्षेत्रमा चर्चा र बहसको बिषय बनेको सुस्मिता बराल नागरिकता प्रकरणमा बाणगंगा नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष बिष्णु गिरिले आफ्नो ‘हठ’ नत्याग्ने संकेत देखाएका छन् ।
विभिन्न मिडियाहरूमा अन्तर्वार्ता दिने क्रममा वडा अध्यक्ष गिरिले नागरिकता प्रकरणमा पीडित बनेका सुर्य बरालको परिवारले चाह्यो भने आफूले वडा बाट बसाइँसराइको प्रमाण पत्र दिन सक्ने तर पिडित सुर्य बरालकी छोरी सुस्मिता बरालको नागरिकता सिफारिसमा आफूले हस्ताक्षर नगर्ने सार्वजनिक रूपमै घोषणा गरेका छन् ।
वडा अध्यक्ष गिरिका अनुसार पिडित सुर्य बरालकी छोरी सुस्मिता बरालको बसाइँसराइ (रूपन्देही बाट कपिलवस्तु बसाइँसराइ गर्दाको बखत बनाइएको) प्रमाण पत्र र निजको जन्म दर्तामा जन्म मिति फरक रहेका कारण आफूले नागरिकता सिफारिस नदिएको बताउँदै आएका छन् ।
पीडित सुस्मिता बरालको जन्म दर्ता र शैक्षिक प्रमाणपत्रमा एउटै जन्ममिति कायम छ , बसाइँसराइ प्रमाणपत्रमा जन्म मिती फरक हुँदैमा नागरिकता सिफारिस रोक्नु असंवैधानिक हुने कानुनका जानकारहरू बताउछन् ।
नेपालको संविधान २०७२को भाग २ नागरिकता सम्बन्धी धारामा लेखिएको छ
१०. नागरिकताबाट वञ्चित नगरिनेः
(१) कुनै पनि नेपाली नागरिकलाई नागरिकता प्राप्त गर्ने हकबाट वञ्चित गरिने छैन ।
(२) नेपालमा प्रादेशिक पहिचान सहितको एकल संघीय नागरिकताको व्यवस्था गरिएको छ ।
११. नेपालको नागरिक ठहर्नेः
(१) यो संविधान प्रारम्भ हुँदाका बखत नेपालको नागरिकता प्राप्त गरेका र यस भाग बमोजिम नागरिकता प्राप्त गर्न योग्य
व्यक्तिहरू नेपालको नागरिक हुनेछन् ।
(२) यो संविधान प्रारम्भ हुँदाका बखत नेपालमा स्थायी बसोवास भएको देहायको व्यक्ति वंशजको आधारमा नेपालको नागरिक ठहर्नेछः–
(क) यो संविधान प्रारम्भ हुनुभन्दा अघि वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गरेको व्यक्ति,
(ख) कुनै व्यक्तिको जन्म हुँदाका बखत निजको बाबु वा आमा नेपालको नागरिक रहेछ भने त्यस्तो व्यक्ति ।
(३) यो संविधान प्रारम्भ हुनुभन्दा अघि जन्मको आधारमा नेपालको नागरिकता प्राप्त गरेको नागरिकको सन्तानले बाबु र आमा दुवै नेपालको नागरिक रहेछन् भने निज बालिग भएपछि वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गर्नेछ ।
(४) नेपालभित्र फेला परेको पितृत्व र मातृत्वको ठेगान नभएको प्रत्येक नाबालक निजको बाबु वा आमा फेला नपरेसम्म वंशजको आधारमा
नेपालको नागरिक ठहर्नेछ ।
(५) नेपालको नागरिक आमाबाट नेपालमा जन्म भई नेपालमा नै बसोबास गरेको र बाबुको पहिचान हुन नसकेको व्यक्तिलाई वंशजको
आधारमा नेपालको नागरिकता प्रदान गरिनेछ ।
तर बाबु विदेशी नागरिक भएको ठहरेमा त्यस्तो व्यक्तिको नागरिकता संघीय कानून बमोजिम अंगीकृत नागरिकतामा परिणत हुनेछ ।
(६) नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध कायम गरेकी विदेशी महिलाले चाहेमा संघीय कानून बमोजिम नेपालको अंगीकृत नागरिकता लिन सक्नेछ ।
(७) यस धारामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि विदेशी नागरिकसँग विवाह गरेकी नेपाली महिला नागरिकबाट जन्मिएको व्यक्तिको हकमा निज नेपालमा नै स्थायी बसोबास गरेको र निजले विदेशी मुलुकको नागरिकता प्राप्त गरेको रहेनछ भने निजले संघीय कानून बमोजिम नेपालको अंगीकृत नागरिकता प्राप्त गर्न सक्नेछ ।
तर नागरिकता प्राप्त गर्दाका बखत निजका आमा र बाबु दुवै नेपाली नागरिक रहेछन् भने नेपालमा जन्मेको त्यस्तो व्यक्तिले वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गर्न सक्नेछ ।
(८) यस धारामा लेखिएदेखि बाहेक नेपाल सरकारले संघीय कानून बमोजिम नेपालको अंगीकृत नागरिकता प्रदान गर्न सक्नेछ ।
(९) नेपाल सरकारले संघीय कानून बमोजिम नेपालको सम्मानार्थ नागरिकता प्रदान गर्न सक्नेछ ।
(१०) नेपालभित्र गाभिने गरी कुनै क्षेत्र प्राप्त भएमा त्यस्तो क्षेत्रभित्र बसोबास भएको व्यक्ति संघीय कानूनको अधीनमा रही नेपालको नागरिक हुनेछ ।
१२. वंशीय आधार तथा लैंगिक पहिचान सहितको नागरिकताः
यो संविधान बमोजिम वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गर्ने व्यक्तिले निजको आमा वा बाबुको नामबाट लैंगिक पहिचान सहितको नेपालको नागरिकताको प्रमाणपत्र पाउन सक्नेछ ।
१३. नागरिकताको प्राप्ति, पुनःप्राप्ति र समाप्तिः
नागरिकताको प्राप्ति, पुनःप्राप्ति र समाप्ति सम्बन्धी अन्य व्यवस्था संघीय कानून बमोजिम हुनेछ ।
१४. गैरआवासीय नेपाली नागरिकता प्रदान गर्न सकिनेः
विदेशी मुलुकको नागरिकता प्राप्त गरेको दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठनको सदस्य राष्ट्र बाहेकका देशमा बसोबास गरेको साबिकमा वंशजको वा जन्मको आधारमा निज वा निजको बाबु वा आमा, बाजे वा बज्यै नेपालको नागरिक रही पछि विदेशी मुलुकको नागरिकता प्राप्त गरेको व्यक्तिलाई संघीय कानून बमोजिम आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार उपभोग गर्न पाउने गरी
नेपालको गैरआवासीय नागरिकता प्रदान गर्न सकिनेछ ।
१५. नेपालको नागरिकता सम्बन्धी अन्य व्यवस्थाः
नेपालको प्रत्येक नागरिकको परिचय खुल्ने गरी अभिलेख राख्ने तथा नेपालको नागरिकता सम्बन्धी अन्य व्यवस्था संघीय कानून बमोजिम हुनेछ ।
पिडित बराल परिवार असोज २३ गते देखि नागरिकता सिफारिसका लागि वडाको चक्कर काटिरहेको छ स्टाफ नर्स अध्यन गरिरहेकी पिडित सुस्मिता बरालको नागरिकता नबनेकै कारण शैक्षिक भबिस्य अन्यौलता तर्फ मोडिएको छ र स्थानीय तहको गठन पछि सर्वसाधारणले नागरिकता लगायत राज्य बाट प्राप्त गर्ने सेवा सुविधा सहज र सरल रूपमा उपलब्ध हुनु पर्नेमा नागरिकता जस्तो संवेदनशील विषयमा वडा अध्यक्ष गिरिको यस किसिमको व्याक्तिगत पुर्वाग्रह (पीडितले आरोप लगाए अनुसार ) पुर्ण निर्णयले पिडित परिवारमा निराशा र आक्रोश छाएको छ ।
यो पनि पढ्नुहोस्
नागरिकता नपाउदा नर्सिङ लाइसेन्सबाट बाणगंगाकी सुस्मिता बञ्चीत
अध्यक्ष बिष्णु अकंल नागरिकता सिफारिस गर्नु न – पिडित सुस्मिता
सुस्मिताले बाणगंगाबाटै नागरिकता पाउँछिन – सिडिओ
बाणगंगामा बुवाआमा काँग्रेस समर्थित हुँदा अध्यक्ष गिरिले दिएनन् नागरिकताको सिफारिस