कपिलवस्तुको बाणगंगा नगरपालिकामा मोटरसाइकल चोरीका घटना बढ्न थालेका छन । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नः ४ ठाकुरापुर बस्ने प्रेम कुमार शाहीको लु ४७ प ८७४३ नः को मोटरसाइकल कात्तिक १३ गते राती १० बजेर अडत्तीस मिनेट जादा रोकी राखेको मोटर साइकल हराएको हो ।
गजेहडा स्थित लुम्बिनि पेट्रोल पम्पमा रोकी राखेको अवस्थामा मोटर साइकल हराएको थियो । मोटर साइकल चोरी गर्ने टोली सिसिटिभिमा कैद रहेको र अनुसन्धान भई रहेको ईलाका प्रहरी कार्यालय पिपराले जनाएको छ ।
५ जनाको चोरको टोली मध्य लु १० प १६५० नः मोटरसाइकलमा एक जना आई सोही स्थान छेउमा रोकी राखेर मोटरसाइकल चोर्न दाउ सुरु गरेका थिए । बाकी चार जना २ वटा मोटरसाइकलमा आएकोमा उक्त बाइक ५०० मिटर भित्री बाटोमा छोडेर शाहीको लु ४७ प ८७४३ नः को मोटरसाइकल लिएर चोर भागेका हुन भएका हुन ।
सिसिटिभिमा चोरहरुको सवै गतिविधिहरु हेर्नुुस ।
https://www.youtube.com/watch?v=yoEGFnz-Kx0&feature=share








