गृहपृष्ठ Featured कपिलवस्तुकाे वाणगंगामा बसले ठक्कर दिदा एक बालकको घटनास्थलमै मृत्यु

कपिलवस्तुकाे वाणगंगामा बसले ठक्कर दिदा एक बालकको घटनास्थलमै मृत्यु

प्रकाशित मिति:

कपिलवस्तुकाे वाणगंगामा बसले ठक्कर दिदा एक बालकको ज्यान गएको छ । वाणगंगा नगरपालिका वडा नं. ५ झण्डामा बसको ठक्करबाट डेढ वर्षीय बालकको ज्यान गएको हाे । मृत्यु हुनेमा स्थानीय टोपेन्द्र थारु रहेकाे इलाका प्रहरी कार्यालय पिपराका जनाएकाे छ ।

झण्डा स्थित शुद्धुराम थारुको घरमा पार्किङ्गबाट बस निकालेर भैरहवा नंम्बरका लागि जाने क्रममा बालक खेलिरहेको नदेखिएपछि ठक्कर दिएको बताइएको छ ।
बालकको घटनास्थलमै मृत्यु भएको छ । ठक्कर दिने बस मृतक थारुको काकाको रहेकाे छ ।  बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय पिपरामा राखिएको छ ।

सम्बन्धित् समाचार