कपिलवस्तुमा एक छोराले कुटपिटबाट आमाको हत्या गरेका छन । कपिलवस्तु नगरपालिकामा सुरेन्द्र कुर्मीले अामाकाे कुटपिट गरी आमाको हत्या गरेका हुन् ।
कपिलवस्तु–८ पश्चिम दोहनीका सुरेन्द्र कुर्मीले कुटपिट गरी आमा ५५ वर्षीया फूलमतीको हत्या गरेका हुन । मादकपदार्थ सेवन गरी शनिबार राति घरमा आगो लगाउँदै आमालाई कुटपिट गरी हत्या गरेको प्रहरीले बताएको छ । मृतक फूलमतीको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल राखिएको छ । सुरेन्द्र अहिले फरार रहेका छन् ।