गृहपृष्ठ Featured बराल दोषी होइनन्, वडा अध्यक्षको नियत गलत हो ः वडा नः ७ काग्रेस

बराल दोषी होइनन्, वडा अध्यक्षको नियत गलत हो ः वडा नः ७ काग्रेस

प्रकाशित मिति:

कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नः ७ काग्रेसले सुर्य प्रसाद बराल दोषी नभएको जनाएको छ । सुर्य प्रसाद बरालकी छोरी सुस्मिता बरालले यसै वडाबाट नागरिकता पाउनु पर्छ भन्दै वडा अध्यक्ष बिष्णु गिरिको नियत खराव रहेको काग्रेस वडा नः ७ ले जनाएको छ ।

टोल बासीको हैसियतले सहभागी भएकोमा काग्रेस सहभागी भन्ने वडा अध्यक्षको कुन नियत हो हामीहरुलाई थाहा नभएको उनीहरुको धारणा रहेको छ ।

टोेल बिकास समितिको बैठक बोलाएर हाल सुर्य प्रसाद बराल यहाँ नबस्ने कुरा स्वीकार गरेको तर अदालतले जस्तो वडा अध्यक्षले दोषी ठहर भन्नु निकै गलत भएको नेपाली काग्रेस वडा नः ७का वडा अध्यक्ष तेज बहादुर पछाईले वैखरी अनलाइनलाई बताएका छन ।

सोही वडाका बासीन्दा रहेको नेपाली काग्रेसका जिल्ला नेता दुर्गा केसिले नागरिकता जस्तो बिषयलाई यती ठुलो बनाउन आवश्यक नरहेको बताउदै बराल परिवारले बसाई सराई नलैजादासम्म बराल कानुन अनुसार यसै वडाबासी हुने हुदा सुस्मिताले यसै वडाबाट नागरिकता पाउनु पर्ने बताए ।

वडाले निकालेको बिज्ञप्ती वैखरीको सम्पादक डेक्समा सुरक्षित छ ।

सम्बन्धित् समाचार