संवैधानिक अधिकार बाट बन्चित गर्न खोज्नु लज्जास्पद -अधिवक्ता ओमप्रकाश अर्याल
पछिल्लो केही दिन देखी कपिलवस्तुको बाणगंगा नगरपालिका क्षेत्रमा चर्चा र बहसको बिषय बनेको सुस्मिता बराल नागरिकता प्रकरण अदालती प्रक्रिया सम्म पुगेको छ ।
अधिवक्ता ओम प्रकाश अर्यालका अनुसार कुनै ब्याक्तीको जन्म मिति दुई वटा देखिए शैक्षिक प्रमाणपत्रको आधारमा नागरिकताको सिफारिस दिन मिल्ने कानुनी प्रावधान रहेको बताउनु भएको छ ।
स्थानीय सामुदायिक रेडियो बाणगंगा ९०.६ मेघाहर्जले संचालन गरेको कार्यक्रम ‘आजका कुरा’मा बोल्दै उहाँले भन्नू भयो वडा नम्बर ७ का वडा अध्यक्ष बिष्णु गिरि जत्तिको शिक्षित ब्याक्ती बाट नागरिकता जस्तो संवैधानिक कुरामा यति धेरै झन्झट र पछिल्लो समय नागरिकता संग जोडिएका घटनाक्रम र वडा नम्बर ७ का वडा अध्यक्षको गतिविधिले सआफूलाइ समेत लाज लागेको बताउनु भयो
https://www.facebook.com/100027631330807/videos/438927417038299/?epa=SEARCH_BOX
उहाँले कार्यक्रममै प्रतिप्रश्न तेर्साउदै भन्नू भयो मान्छेको स्थायी बसोबास प्रमाणित गर्ने उस्को परिचय पत्रले हो पिडित सुस्मिता बरालका पिता सुर्य प्रसाद बरालको मतदाता नामावली समेत बाणगंगा नगरपालिका वडा नम्बर ७ मै रहेकाले पनि भोट हाल्ने संवैधानिक अधिकार प्राप्त ब्याक्ती लाई चल , अचल सम्पत्ति नभएकै कारण नागरिकता जस्तो संवैधानिक अधिकार बाट बन्चित गराएर अदालती प्रक्रिया सम्म पुग्न बाध्य बनाइनु बाणगंगा नगरपालिकाकै लागी लज्जास्पद रहेको उहाँले बताउनु भयो ।