कपिलवस्तु जिल्लाबाट सुरु भएको राईट स्टेप एजुकेशनले देशका विभिन्न जिल्लाहरुमा प्राविधिक शिक्षामा छुट्टै स्थान कायम गर्न सफल भएको छ । प्राविधिक ज्ञान तथा त्यसको व्यवहारिक उपयोगका बारेमा कपिलवस्तुका केही युवाहरुले सुरु गरेको कम्प्युटर शिक्षा साक्षरता कार्यक्रम प्रभावकारी देखिएको हो ।
सोहि संगसंगै युवाहरुले बुद्ध जन्मस्थल लुम्बिनीमा स्नातकउत्तर तहकोको ईन्जिनियरिङ कलेजको स्थापना र्गन लागेको हो । संस्थाले लुम्बिनी विकाश कोष र लुम्बिनी सास्कृतिक नगरपालिकाको सहयोगमा कलेजको स्थापना हुन लागेको बताईएको छ ।
बुद्ध जन्मस्थल लुम्बिनीका बालबालिका तथा विद्यार्थीहरुलाइ साक्षर बनाउने उदेस्यका साथ खोलिएको गैर नाफामुलक सस्थाले ईन्जिनियरिङ पढ्न ईच्छुक तर आर्थिक समस्याका कारण ओझेलमा परेका विद्यार्थिहरुका लागि उच्च स्थानमा पु¥याउने लक्ष्य राखेको संस्थापक अध्यक्ष दीपेन्द्र शर्मा पौडेलले वैखरी अनलाईन लाई बताए । ईन्जिनियरिङ कलेज राईट स्टेप एजुकेसन वेलफयर सोसाईटी द्धारा संचालित हुने जनाईएको छ ।