कपिलवस्तुको बुद्धभुमी नगरपालिकामा सवारी दुर्घट्ना भएको छ । दुर्घटनामा परि ३ जना घाईते भएका छन् ।
गोरुसिंगेको जंगल क्षेत्र स्थित हरकुर खोला नजिकै ३ वटा सवारी एक आपसमा ठोक्कि दुर्घटना भएको प्रहरी कार्यालय गोरुसिंगेले जानकारी दिएको छ। घाईतेमध्ये ३ जनाको अवस्था गम्भिर रहेको छ । पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको बा १८ त ४१२३ नम्बरको मारुती सुजुकी भेनले कृष्णनगरबाट जितपुर तर्फ आईरहेको लु ४७ प ४००९ नम्बरको मोटरसाईकललाई ठक्कर दिई पुनः लु २ च १७६४ नम्बरको जिपसँग ठोक्कीदा दुर्घटना भएको हो ।
मोटरसाईकलमा सामान्य क्षती पुगेको छ भने मोटरसाईकलमा सवार वाणगंगा नगरपालिका वडा नम्बर ४ का असिम क्षेत्री र उहाँकी श्रीमती सम्झना क्षेत्री को सकुसल रहेका छन । अन्य घाईतेहरुको गोरुसिँगे स्थित बुद्ध पोलिक्लिनकमा उपचार भईरहेको ईलाका प्रहरी कार्यालय गोरुसिंगेले जानकारी दिएको छ ।