गृहपृष्ठ खबर गाउँपालिकाको मेलमिलाप केन्द्रमैै भयो कुटपिट

गाउँपालिकाको मेलमिलाप केन्द्रमैै भयो कुटपिट

प्रकाशित मिति:

उमेश बि.क/ नवलपरासी ,२० कार्तिक /

नवलपरासीको सरावल गाउँपालिकामा मंगलबार दिउँसो साढे ३ बजेको समयमा मेलमिलाप केन्द्रमा कुटपिट भएको छ।

सरावल गाउँपालिका वडा नं. ४ ललितपुरका निजामुदिन धुनिया र कमरुदिन धुनिया दुई भाइ बिच जग्गाकाे बिषयमा विवाद भएको हाे।

दुई भाइ बिच जग्गाकाे बिषयमा विवाद मिलाउने कार्यमा सघाउन बर्ष ७० कमरुदिन धुनियाकाे छाेरा माेबारक धुनिया , सुरेश यादव र नरेश यादव तथा बर्ष ५५ काे निजामुदिन धुनिकाे तर्फबाट निजामुदिन धुनिया नाम गरेको स्थानीय बासिन्दा अाएका थिए।

मेलमिलाप कर्ता महेन्द्र चाैधरीकाे राेहबरमा दुई भाइ बिच जग्गाकाे बिषयमा विवाद बारे छलफल भइरहेको समयमा एकअापसमा चर्काचर्किभएको र निजामुदिन धुनिया मेलमिलाप गरम भन्दा सुरेश यादव र नरेश यादव दुबै जना मिलि निजामुदिन धुनियालाई कुटपिट गरेका हुन।

लाेकतान्त्रिक फाेरमबाट वडा नं. ४ काे वडा अध्यक्ष पदकाे उम्मेदवार समेत रहेका सुरेश यादव र नरेश यादवले निजामुदिन धुनियालाई कुटपिटगर्दै छातिकाे करम भाचि भारत फरार भएको वडा नं ४ का वडा अध्यक्ष छाेटेलाल यादवले जानकारी दिनुभएको छ।

अंगभंग गरेकाे र दाेषिलाई कारवाहिकाे माग गर्दै पिडितले सार्वजनिक मुद्दा जिल्ला प्रहरी कार्यालय नवलपरासीमा हालेका हुन।

न्यायिक समिति संयाेजक उत्तमा रायले मंगलबार भएको घट्नाप्रती घाेर अाप्पति जनाउनु भएको छ। स्थानीय निकायमा अाएर हैकम देखाएको र गाउँपालिकाकाे नियम बिपरित जाने जाेसुकैलाई हामी छाेड्ने छैनम। दाेषिलाई कडा भन्दा कडा सजाय हुने कुरामा जाेड दिनुभएको छ।

सम्बन्धित् समाचार