शीर्षक- सिमानामा देश
बारीको कान्लो मिचियो
केहि बोलिन
सोचें
छिमेकी हो
गाह्रो साह्रो पर्दा काम लागेको छ
खेतको आली मिचियो
केहि बोलिन
पछाडी फर्किएँ
गाउँले हो
मर्दा पर्दा काम लागेको छ ।
यसपालि त
सिमानामा देशै मिचिएको छ
इतिहास पल्टाएँ
न मर्दा काम लागेको छ
न पर्दा काम लागेको छ
मेरो देशको छातीमा कुल्चनेसामु
अहिले त मलाई
मेरो खिया लागेको खुकुरी
उधाउने रहर जागेको छ ।
-निस्प्रभ सजि








