गृहपृष्ठ Featured अब मन्जुरीबिना एसएमएस गरेर विज्ञापन गर्न नपाउने, मंसिर १४ को उपनिर्वाचनलाई प्रत्यक्ष असर

अब मन्जुरीबिना एसएमएस गरेर विज्ञापन गर्न नपाउने, मंसिर १४ को उपनिर्वाचनलाई प्रत्यक्ष असर

सदनको दुवै सभाबाट पास भएको विज्ञापन ऐन राजपत्रमा प्रकाशित भएसँगै अब विदेशी च्यानलले नेपालमा प्रसारण गर्दा विज्ञापन बजाउन नपाउने भएका छन् ।

विज्ञापन नियमन गर्ने ऐनले सम्बद्ध व्यक्तिको मन्जुरीबिना एसएमएस र इमेलबाट विज्ञापन गर्नसमेत नपाइने प्रावधान राखेको छ ।

यसको प्रत्यक्ष प्रभाव मंसिर १४ मा हुने उपनिर्वाचनलाई प्रत्यक्ष प्रभाव पार्नेछ । विगतमा उम्मेदवारहरुले एसएमएसबाट भोग माग्ने प्रथा बसेको थियो ।

ऐनले व्यापारिक प्रवद्र्धनका लागि सामूहिक एसएमएस र इमेल पठाइने बढ्दो प्रचलनलाई रोक लगाएको छ । यद्यपि, अहिले प्रचलनमा रहेको सामाजिक सञ्जालबाट हुने विज्ञापनका विषयमा भने यो विद्येयक मौन छ । यो समाचार आजको राजधानी दैनिकमा छ ।

सम्बन्धित् समाचार