गृहपृष्ठ खबर नगर प्रमुख रजत प्रताप शाह द्वारा स्व.सूरज पाण्डेय को परिवार लाई आर्थिक सहयोग प्रदान

नगर प्रमुख रजत प्रताप शाह द्वारा स्व.सूरज पाण्डेय को परिवार लाई आर्थिक सहयोग प्रदान

प्रकाशित मिति:

कृष्णनगर, कपिलवस्तु, कार्तिक २६

कृष्णनगर घटनामा मृत्यु भएका सूरज पाण्डेयको परिवारलाई कृष्णनगर नगरपालिकाका नगर प्रमुख रजत प्रताप शाह ले ५१ हजार रूपैयाँ नगद आर्थिक सहयोग गर्दै शोकाकुल परिवार प्रति गहिरो समवेदना व्यक्त गरेका छन्।

कपिलवस्तुको कृष्णनगरमा लक्ष्मी को मूर्ति विसर्जन गर्ने क्रममा भएको उत्पन्न भएको विवाद र संभावित दुर्घटना रोक्न प्रशासन द्वारा लगाइएको कर्फ्युमा प्रहरी को गोली लागी कृष्णनगर गोलघर मा चिया पसल गर्दै आएका सूरज पाण्डेय को मृत्यु भएको थियो।

नगर प्रमुख रजत प्रताप शाह ले स्व . पाण्डेयको परिवार लाई हर-सम्भव सहयोग गर्ने कुरा समेत बताएका छन् ।

सम्बन्धित् समाचार