बाणगंगा नगरपालिका वडा न .२ मा आरन संरक्षण कार्यक्रम सम्पन्न भएको छ । वडा न .२ का आरन व्यवसायिहरु लाई अझ व्यवसायीक बनाउनका लागि वडाले यस्तो कार्यक्रमको आयोजना गरेको हो ।
पुर्खाै देखि हेपिदै आएको भन्ने यस पेशालाई बाणगंगा नगरपालिका वडा न .२ ले थप ब्यवसायीक बनाउने योजनाका साथ अगाडि बढाउदैँ लगेको छ । वडा भित्र रहेका आठ जनाले यस पेसालाई बावु बाजेले गरेको देखेका भरमा सिक्दै र अंगाल्दै आएका छन । आठ जना मध्य चार जनालाई वडाले गत वर्षनै आरन समंन्धी विभिन्न सामाग्रि वितरण गरेको थियो ।
सोहि कार्यक्रम लाई निरन्तरता दिदै यस वर्ष पनि अन्य चार जनालाई सामाग्रि प्रदान गरेर कार्यक्रम सफल पारेको छ । आरन सामाग्री पाउनेमा सोब बहादुर बिक ,तुल बहादुर बिक ,हुम बहाादुुर बिक ,धर्मराज बिक रहेका छन ।
सामाग्री पाउँदा निकै खुशि लागेको धर्मराज बिकले बताए । कार्यक्रमा बोल्दै वडा अध्यक्ष विष्णु पौडेलले वडा भित्रका युवाहरुलाई स्वरोजगार बनाउन वडाले सिपमुलक कार्यक्रको आयोजना गर्नुका साथै प्राबिधिक सहयोगसमेत गर्दै आई रहेको र यसलाई निरन्तरता दिन. बताए । कार्यक्रममा टोल बिकास समितिका अध्यक्ष कृष्ण कार्की, पत्रकार अशोक पौडेल लगायतले आआफनो धारणा राखेको वडा सदस्य बिमला परियारले बैखरी अनलाइनलाई जानकारी दिइन ।