गृहपृष्ठ खबर पब्लिक स्पिकर अडिसन राउन्ड सम्पन्न

पब्लिक स्पिकर अडिसन राउन्ड सम्पन्न

प्रकाशित मिति:

 

कार्तिक २८ / वैखरी अनलाइन /वाणगंगा प्याब्सन नगर समितिको अायोजनामा हिजो कपिलवस्तुको वाणगंगामा पब्लिक स्पिकर अडिसन राउन्ड सम्पन्न भएको छ ।

वाणगंगा नगरपालिकाका २० विद्यालयका विद्यार्थीहरूको सहभागितामा सम्पन्न उक्त कार्यक्रममा नगर अध्यक्ष राजु अधिकारीले अध्यक्षता गर्नुभएको थियो । प्याब्सन जिल्ला उपाध्यक्ष सुन्दर पाण्डेको प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रमबाट आगामी शुक्रबार हुने जिल्लास्तरीय पब्लिक स्पिकर कार्यक्रमका लागि ८ जना विद्यार्थी छनौट भएका छन् ।

कार्यक्रममा प्याब्सन जिल्ला सल्लाहकार बासुदेव घिमिरे , नगर सल्लाहकार रोमाकान्त घिमिरेको विशिष्ट आतिथ्यता रहेको थियो । खडानन्द गौतमको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन डिबि थापाले गर्नुभएको थियोे ।

सम्बन्धित् समाचार