कपिलवस्तु मालपोत कार्यालयबाट घुससहित परेका दुई जना कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
भूमिसुधार तथा मालपोत कार्यालयका खरिदार सूर्यप्रसाद मिश्र र दुर्गाप्रसाद चौधरी ६ हजार रुपैयाँ घुससहित पक्राउ परेका थिए । उनीहरुविरुद्ध बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
उनीहरुले समयमै काम नगरी सेवाग्राहीको मोही नामसारी गराउनका लागि ६ हजार रुपैयाँ घुस लिएका अख्तियारले जनाएको छ ।