कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नः ७ बाट नागरिकताबाट बञ्चीत सुस्मिता बराल नर्सिङ लाइसेन्सबाट बञ्चीत भएकी छन । बिभिन्न बहानामा नागरिकता दिन वडा अध्यक्षले आलटाल गरेपछि हाल आएर यो बिषय अदालत पुगेको छ ।
यस बिषयमा अदालतले बाणगंगा नगरपालिकाका मेयर मगंल प्रसाद थारु, नगरपालिकाको कार्यालय, वडा अध्यक्ष र वडा कार्यालयसगं कारण देखाउ आदेश मागेको छ । वडा अध्यक्ष बिष्णु गिरि कानुन बारे जानकार नहुदा यस्तो भएको कपिलवस्तुका अधिबक्ता कृष्ण पौडेलले बताएका छन ।

वडा अध्यक्षलाई कानुन बारे अध्ययनको आवश्यकता रहेको बताउदै वडा अध्यक्षको कमजोरीका कारण आम नागरिकले दुख पाउनु गलत भएको उनले बैखरी अनलाइनलाई बताए ।








