गृहपृष्ठ कला/साहित्य गजलसँग पाँच गजलकार

गजलसँग पाँच गजलकार

भरतपुर

गजल मञ्च चितवनको आयोजनामा शनिबार भरतपुरमा वृहत् गजल वाचन कार्यक्रम सम्पन्न भयो । नियमित गजल वाचनको सिलसिला गजलसँग कार्यक्रममा अमला अधिकारी सिन्धुली, दीपक समीप कास्की, बासु पुष्पा अधिकारी नवलपरासी साथै धादिङका लालकाजी श्रेष्ठ र सीता प्याकुरेल गरि पाँच गजलकारले गजल वाचन गरे ।

भरतपुरस्थित सगुन पार्टी प्यालेसमा आयोजना गरिएको कार्यक्रममा सबै गजलकारले पाँच पाँच गरि कुल पचिस गजल सुनाए ।

अधिकांश गजलकारले सस्वर गजल वाचन गरेको कार्यक्रममा लालकाजी श्रेष्ठ भने तरन्नुममा प्रस्तुत भए । उनले चार गजललाई गुनगुनाएर सुनाए । गजल सुन्न उपस्थित माहोल दुई घन्टासम्म धैर्य भएर गजल सुनिरहेका थिए ।

बरिस्ठ कवि एलबी क्षेत्रीले मीठा र फरक स्वादका गजल सुनेर आनन्द लिएको प्रतिक्रिया दिए । गजल मञ्च चितवन २०६३ सालमा स्थापना भएर गजलका विभिन्न गतिविधिहरू गर्दै आइरहेको छ ।

गजल सङ्ग्रह प्रकाशन, गजल वाचन तथा गजल गायनका कार्यक्रमहरु संस्थाले गरिरहेको अध्यक्ष द्वारिका नेपालले बताए

सम्बन्धित् समाचार