राज कुमार ठाकुर / कपिलवस्तु /
कपिलवस्तुको शिवराज नगरपालिका ६ मोतिनगरको पुर्वपट्टी काली माई मन्दिर नजिकै रहेको भित्री सडक खण्ड करिब एक दशक देखिे स्तर उन्नतीको काम नहुँदा स्थानीय बासीले सास्ती खेप्नु परेको छ । साथै ढलको पानी व्यावस्थापन नहुंदा नजिकै रहेको काली माई को मन्दिर समेत दुर्गन्धित बनेको स्थानिय मोतिनगर बासीले गुनासो गर्नुभयो ।
ढलको पानी बाटोमा थुप्रिंदा सडक हिलाम्मे भई दैनिक विद्यालयमा आवत जावत गर्ने ससाना बालबालिका तथा आम नागरिकलाई निकै समस्या परेको छ । चुनाव ताका बाटो घाटो स्तर उन्नती र ढल,नाली बनाउने बाचा गरि निर्वाचित भएका जनप्रतिनिधी र शिवराज नगरपालिले ध्यान नदिंदा समस्या खेप्नु परेको बताइएको छ ।
शिवराज नगरपालिकामा विकासले फड्को मारेको भन्छन् तर बिकास कस्तो हुन्छ भनि वडा ६ मा त्यो अनुभुति गर्न नपाईएको भन्दै एक स्थानीयले दुख सुनाउनु भयो ।