गृहपृष्ठ Featured कपिलवस्तुमा सिमास्तम्भको सुरक्षा निगरानी बढाईयो

कपिलवस्तुमा सिमास्तम्भको सुरक्षा निगरानी बढाईयो

प्रकाशित मिति:

वैखरी अनलाइन
भारतको नक्शामा सिमा अतिक्रमणको बिषय सार्वजनिक भए सगै बर्षाको भेलले चार महिना अघि ढलेका र पुरिएका सिमा स्तम्भको सुरक्षा निगरानी बढाईएको छ । गत अषाढ २८ गते आएको बाढिले ढलेका र पुरिएका ८ सिमास्तम्भको शसस्त्र प्रहरीले सुरक्षा निगरानीमा बृद्धि गरेको हो ।

शसस्त्र प्रहरी बल नम्बर २८ गण कपिलवस्तुका शसस्त्र प्रहरी उपरिक्षक जनक पुरी नेतृत्वमा शसस्त्र प्रहरी बल नेपाल ३९ गुल्म राजश्व तथा भंसार सुरक्षा गस्ती कृष्णनगरका शसस्त्र प्रहरी नायब उपरिक्षक शुसिल कुमार शाही सहितको टोली ढलेका र पुरीएका सिमास्तम्भको निगरानीमा खटिएको हो । चार महिना महिना अघिको बर्षाको भेलले बिजयनगर गाँउपालिका स्थित चिरई खोलाका ६ वटा सिमास्तम्भ र कृष्णनगर नगरपालिकामा २ सिमास्तम्भ ढलेका थिए ।

तत्काल चार वटा सिमास्तम्भमा मात्रै क्षति पुगेको देखिएको भए पनि पछिल्लो समय बढि क्षति पुग्ने सिमास्तम्भको संख्या ८ पुगेको हो । बर्षाको भेलले विजयनगर गाउपालिका–५ ठकुरापुर र भारतको बलरामपुर जिल्ला गिद्धहवा सीमामा रहेको पिलर नं. ५७८÷७ र त्यस्को आधी किमी उत्तर पिलर नं. ५७८÷१० पानीमा लडेको छ ।

गाउपालिकाको वार्ड नं. ७ गेडुवाजोत र भारतको प्रतापपुरको सीमा रहेको पिलर नं. ५७७÷७ र ५७७÷९ ढलेका छन् । ५७७÷९ नंबर पिलर तेस्रो परेर वालुवामा धसिएको छ भने ५७७÷७ पानीमा डुबेर देखिनै छोडेको छ । बिजय नगर गाँउपालिका १ को अनसराको ५८०÷३ को सिमास्तम्भ डुबेको छ भने सुक्लाखोलाको ५८७÷७ को सिमास्तम्भको टुप्पो भाचिएको छ । कृष्णनगर नगरपालिका १२ को चरगहवा खोला स्थित ५७५÷५८ र ५७६÷४ को सिमास्तम्भ बालुवामा हराएको छ ।

त्यसै गरि ५७६÷३ को स्तम्भको तलको माटो बगेको छ भने ५७६÷६ चरगहवा खोलाको कटानमा पर्दा स्तम्भको माटोमुनीको भाग पनि देखिन थालेको छ । ढलेका र पुरिएका सिमास्तम्भको मर्मत सम्भारका लागी सम्बन्धित पक्षले अग्रसरता देखाउनु पर्ने बिजयनगर ५ ठकुरापुरका स्थानिय राम बहादुर थापाले बताए ।
नदी कटान र बर्षाको भेलले सिमा स्तम्भ पुरिएर हराए पनि निर्माण भएका सिमास्तम्भको शसस्त्रको टोलीले जिपिएस ट्याक गरि लोकेशन पत्ता लगाउदै आएको छ । पछिल्लो समय निर्माण गरिएका सिमास्तम्भको उच्चतम प्रबिधीको जिपिएसले लोकेशन लिईएकाले बनाईएका सिमास्तम्भ बग्दा वा हराउदाँ सिमा मिचिने अवस्था नरहेको सुरक्षा सम्बद्ध अधिकारी बताउछन । बिगत केहि बर्ष यता सिमास्तम्भ निर्माणका क्रममा नवलवरासीको सुस्ता र सुदुर पश्चिमको कालापानी क्षेत्र बाहेकका स्थानका सिमास्तम्भको जिपिएस लोकेशन लिने कार्य पुरा भएको खुल्न आएको छ ।

भारतिय सिमा क्षेत्रमा रहेका बाढीले ढलेका र पुरिएका सिमास्तम्भको मर्मत सम्भारका लागी केन्द्रियस्तरको पहल आवश्यक रहेको कपिलवस्तु नगर चेम्बर अफ कमर्सका अध्यक्ष गोपी कृष्ण शर्माको भनाई छ । “जिल्लास्तरका सुरक्षा निकायले बगेका र ढलेका सिमास्तम्भको सुरक्षा निगरानी बढाएका छन ।

केन्द्रियस्तरबाटै सिमास्तम्भ मर्मत सम्भारका लागी आवश्यक पहल अगाडी बढाउन आवश्यक छ ।” शर्मा भन्छन । सिमास्तम्भ ढलेको र बगेको स्थानमा नक्शा र कोडिङ्गका आधारमा सिमास्तम्भ राख्नका लागी दुबै देशको सिमा सर्वेक्षण टोलीको आवश्यकता रहेको नापी बिभागका अधिकारीहरु बताउछन । केहि साताको अन्तरारलमा दुई पक्षिय टोलीले ढलेका सिमास्तम्भको अनुगमन गरि प्रतिबेदन तयार पारेर कार्य अगाडी बढाउने खुल्न आएको छ । बर्षाको भेलले क्षति पुगेका ८ सिमास्तम्भको मर्मत सम्भारका लागी दुई देशिय टोली खटिएर स्थलगत अवलोकन गरि तयार पारेको प्रतिबेदनका आधारमा काम अगाडी बढने कपिलवस्तुका प्रजिअ गजेन्द्र बहादुर श्रेष्ठले जानकारी दिए । आफुले सिमास्तम्भ मर्मत सम्भारको कार्य अगाडी बढाउन नापी बिभागका महानिर्देशक सँग समेत बारम्बार संबाद गरेको उनले जानकारी दिए ।

केहि संचार माध्यमले स्थानिय प्रशासनले सिमास्तम्भ मर्मत सम्भारमा पहल नगरेको भन्ने समाचार प्रकाशित गरेकोमा असन्तुटी प्रकट गर्दै प्रजिअ श्रेष्ठले भने “सिमास्तम्भ जस्तो संबेदनशिल बिषय स्थानिय प्रशासन र नेपालले मात्रै चाहेर बन्ने होईन । यसका लागी नेपाल र भारत दुई पक्षकै सहमतीमा टोली खटिनु पर्छ । सञ्चार माध्यमले सो बिषयको यथार्तता बुझिदिन आवश्यक छ ।”
कपिलवस्तु जिल्ला सँग भारतको उत्तर प्रदेशको सिद्धार्थनगर र बलरामपुर जिल्ला जोडिएका छन । दुई देशका सिमामा ४६ मुख्य सिमास्तम्भ (मेन पिलर) , २ सय २६ सहायक सिमास्तम्भ (सब्सिडायरी) र २ सय ६० साना सिमास्तम्भ गरि कुल ५ सय ३२ सिमा स्तम्भ छन । जसमा हाल सम्म ३ मुख्य सिमा स्तम्भ, १६ सहायक सिमा स्तम्भ र ६ साना सिमास्तम्भ गरि कुल २५ सिमास्तम्भ बन्न बाकी छन भने ८ सिमास्तम्भमा बर्षाको बाढीले क्षति पुर्याएको छ ।

सम्बन्धित् समाचार