गृहपृष्ठ खबर बेल्जियमका एक बालकले ९ वर्षको उमेरमै इन्जिनियरिङमा स्नातक पूरा गर्दै

बेल्जियमका एक बालकले ९ वर्षको उमेरमै इन्जिनियरिङमा स्नातक पूरा गर्दै

प्रकाशित मिति:

एजेन्सी । बेल्जियमका एक अत्यन्त तीक्ष्ण स्वाभावका बालकले नौ वर्षको उमेरमै स्नातक उत्तीर्ण गर्न लागेका छन् ।

लरेन्ट सिमोन नामका ती बालक तुलनात्मक रुपमा कठीन मानिने इलेक्ट्रिकल इन्जिनियरिङमा स्नातक गरिरहेका हुन् । इन्डहोभेन युनिभर्सिटी अफ टेक्नोलोजी(टीयूई) मा अध्ययनरत उनको स्नातक पढाइ आउँदो डिसेम्बरमा सकिँदैछ ।

शिक्षकले सिमोनलाई ‘अत्यन्त असाधारण’को संज्ञा दिए । सिमोन स्नातकपछि इलेक्ट्रिकल इन्जिनियरिङमै पीएचडी गर्ने योजनामा छन् । पीएचडीसँगसँगै लरेन्टले मेडिकल डिग्री पनि अघि बढाउने सिमोनका पिताले बताए ।

लरेन्टको प्रतिभा पहिलो पटक उनका हजुरबुवा–हजुरआमा पहिचान गरेका थिए । उता लरेन्टका अभिभावक लिडिया र एलेक्जेण्डर सिमोन्सले आफ्ना आमाबुबाबाट छोराको प्रतिभाबारे सुन्दा सुरुमा नपत्याएको बताए ।

तर पछि लरेन्टका शिक्षकले पनि उनको प्रतिभाबारे पुष्टि गरेका थिए ।

विश्वविद्यालयमा भर्ना गर्नु अघि लरेन्टलाई कयैन जाँच लिइएको थियो । त्यस क्रममा शिक्षकहरुले लरेन्टको सिकाई क्षमतालाई ‘स्पोन्ज’सँग तुलना गरे ।

लरेन्टको आमाबुवा दुवै चिकित्स भए नि ती आफ्नो बच्चाको असाधारण प्रतिभाबारे व्याख्या गर्न सकिरहेका छैनन् ।

तर लरेन्टकी आमा लिडिया भने ठट्टा गर्दै लरेन्ट गर्भमा हुदाँ आफूले धेरै माछा खाएको बताउँछिन् ।

उता लरेन्ट अध्ययन गर्ने विश्वविद्यालयमा शिक्षा निर्देशक रहेका सोएर्ड हल्शोफ यसलाई असामान्य मान्दैनन् । सानै उमेरमा खेलकुदमा असाधारण प्रतिभा हुने बालबालिकाजस्तै केहीमा अध्ययनको क्षमता हुने हल्शोफले बताए ।

तथापि लरेन्टको प्रतिभा ‘असाधारण’ रहेको हशोफले स्वीकारे ।

लरेन्टको ज्ञान हासिल गर्ने क्षमता तीव्र भए पनि उनको अभिभावक उनलाई उमेर अनुसार रमाइलो गराउन पनि ध्यान दिएको बताए ।

‘उ जतिखेरै गम्भिर मात्र होस् भन्ने हामी चाहदैनौं । ऊ आफूले जे मन पर्छ त्यही गरोस् ,’ एलेक्जेण्डरले भने ,‘उसले आफ्नो बालापन र प्रतिभाबीच सन्तुलन कायम गर्नुपर्छ । ’
फुर्सदमा लरेन्ट कुकुर र फोनसँग समय बिताउन मन पराउँछन् ।

लरेन्टका अनुसार उनको जीवनको लक्ष कृतिम अंग निर्माण गर्नु छ । स्नातकपछिको अध्ययनको लागि अहिले नै कयैन प्रतिष्ठित विश्वविद्यालयबाट उनलाई प्रस्ताव आइसकेको छ ।

सम्बन्धित् समाचार