गृहपृष्ठ खबर स्ववियु सिद्धार्थ क्याम्पसद्धारा स्वागत तथा सम्मान कार्यक्रम सम्पन्न

स्ववियु सिद्धार्थ क्याम्पसद्धारा स्वागत तथा सम्मान कार्यक्रम सम्पन्न

प्रकाशित मिति:

स्वतन्त्र विद्यार्थी युनियन स्ववियु सिद्धार्थ क्याम्पसले नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । स्नातक तह प्रथम बर्षका नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत गर्नुका साथै विद्यार्थी तथा शिक्षकलाई सम्मान पनि गरिएको थियो ।

बि.बि.एस. चौथो बर्षमा नेपालमा उत्कृष्ट १, प्रदेश ५ मा दोस्रो तथा कपिलवस्तु जिल्लामा पहिलो स्थान हासिल गरेकी छात्रा निर्मा भण्डारी, कराते प्रतियोगितामा प्रथम हुन सफल विद्यार्थी सबिना आचार्य तथा विश्व विद्यालय टप गर्न सफल शिक्षक गोबिन्द खनाललाई सम्मान गरिएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रदेश सांसद विष्णु पन्थीले सिद्धार्थ क्याम्पसलाई प्रदेशकै नमुना क्याम्पस बनाउन लागि परेको बताए । उनले क्याम्पसमा शैक्षिक, खेलकुद तथा भौतिक पुर्वाधारमा आवश्यक पर्ने सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

विशिष्ट अतिथि क्याम्पस सञ्चालक समितीका अध्यक्ष झविलला पोख्रेल, क्याम्पस प्रमुख खेमराज शर्माले नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत गर्दै क्याम्पसको गरिमालाई उचो राख्न आग्रह गरेका थिए ।

कार्यक्रमका अध्यक्ष स्ववियु अध्यक्ष सुशिल खत्रीले विद्यार्थीहरुको हकहितका लागि स्ववयिु सदैव तयार रहेको बताए । उनले विद्यार्थीहरुलाई पर्न सक्ने आर्थिक, शैक्षिक तथा अन्य समस्याहरुको सामना गर्ने पनि बताए । कार्यक्रममा नेपाल आईडल प्रतियोगि अर्जुन मिश्र, लोक गायिका बर्षा लम्साल, गायक मिसन भुसाल, मोडल सुमन पौडेल लगायत विद्यार्थीहरुले पनि गीत तथा नृत्य प्र्रस्तुत गरेका थिए । क्याम्पसका प्राध्यापक, विद्यार्थीहरु उपस्थिती रहेको कार्यक्रममा स्ववियु सदस्य हरि ढुंगाना र विद्यार्थी पशुपति गिरीको स्वागत तथा विकास थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।

त्यस्तै स्ववियु सिद्धार्थ क्याम्पसले कक्षा ११ का विद्यार्थीहरुलाई पनि स्वागत गरेको छ । स्ववियु अध्यक्ष खत्रीको अध्यक्षता रहेको कार्यक्रममा वडा नं. ४ का वडाअध्यक्ष गणेश क्षेत्रीको प्रमुख आतिथ्यता तथा स्ववियु सदस्य हरि ढुगांनाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

सम्बन्धित् समाचार