काठमाडौँ । नयाँ मन्त्री चयनबारे छलफल गर्न नेकपा सचिवालय बैठक बुधबार बिहान बस्दैछ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहान बैठक बोलाइएको नेकपा कार्यालय सचिव ईश्वरी रिजालले जानकारी दिए ।
बैठकमा एकता बाँकी काम पूरा गर्ने विषयमा पनि छलफल हुनेछ ।
एकताको अधिकांश काम सकिए पनि केही कमिटीको मात्र बाँकी रहेका छन् ।
पार्टी एकता भएको डेढ वर्ष बिते पनि एकताको काम अझै सकिएको छैन आइतबार सचिवालय बैठकले प्रवास समन्वय कमिटी गठन गरेको थियो ।








