गृहपृष्ठ Featured वाणगंगा नगरपालिकामा संसारकै ठूलो बुद्धमुर्ति निर्माणका लागि जग्गा प्रदान गरिने

वाणगंगा नगरपालिकामा संसारकै ठूलो बुद्धमुर्ति निर्माणका लागि जग्गा प्रदान गरिने

कपिलवस्तुको वाणगंगा नगरपालिकाले नगरभित्र बुद्ध सँग सम्बन्धित विषय र लुम्बिनी तिलौराकोटको सम्बन्धलाई नगरपालिका सम्मै गास्ने उद्देश्यले अन्तराष्टिय संस्था बुद्ध सेन्टरलाई जग्गा उपलब्ध गराउने भएको छ ।

वाणगंगा नगरपालिकाको वडा नम्बर ८ स्थित धनेसपुर क्षेत्रमा सो जग्गा उपलब्ध गराउने आज बसेको कार्यपालिका बैठकले निर्णय गरेको हो ।

सम्पन्न बैठकले गरेको निर्णय अनुसार बुद्ध सेन्टरले वडा नम्बर ८ मा संसारकै सबैभन्दा ठूलो बुद्ध मूर्ति निर्माण गर्ने तथा बुद्धसँग सम्बन्धित धेरै विषय वस्तुहरुको स्थापना गर्ने गरी धनेसपुरमा जग्गा उपलब्ध गराउने निणर्य गरिएको नगर प्रवक्ता विष्णु पौडेलले जानकारी दिनुभयो ।

त्यस्तै आज सम्पन्न कार्यपालिका बैठकले नगरपालिकाको सरसफाई सम्बन्धी वार्षिक  कार्ययोजना प्रतिवेदनलाई अनुमोदन गरेको छ भने नगरको वडा नम्बर ४ लाई वालमैत्री वडा घोषणाका लागि तयार गरिएको आवधिक वार्षिक लगानि योजना पनि स्विकृत गरेको प्रवक्ता पौडेलले बताउनुभयो ।

सम्पन्न कार्यपालिका बैठकमा नगर प्रमूख मंगल प्रसाद थारुको अध्यक्षता उप प्रमूख चक्रपाणी अर्याल, प्रमूख प्रसासकिय अधिकृत कृष्णप्रसाद सापकोटा, तथा विभिन्न वडाका वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, नगरपालिकाका विभिन्न विषयगत शाखाका प्रमूखहरु लगाएतको सहभागिता रहेको थियो ।

वाणगंगा नगरपालिकाको कार्यपालिका बैठक हरेक महिनाको ५ गते बस्ने गरेको भएता पनि विशेष कारण देखाउँदै आज बसको थियो ।

सम्बन्धित् समाचार