गृहपृष्ठ Featured वाणगंगा नगरपालिकाको वडा नम्बर ८ मा संसारकै ठूलो बुद्धमुर्ति बन्ने

वाणगंगा नगरपालिकाको वडा नम्बर ८ मा संसारकै ठूलो बुद्धमुर्ति बन्ने

कपिलवस्तुको वाणगंगा नगरपालिकाको वडा नम्बर ८ स्थित धनेसपुर क्षेत्रमा संसारकै ठूलो बुद्धमुर्ति बन्ने भएको छ ।

वाणगंगा नगरपालिकाले नगरभित्र बुद्ध सँग सम्बन्धित विषय र लुम्बिनी तिलौराकोटको सम्बन्धलाई नगरपालिका सम्मै गास्ने उद्देश्यले अन्तराष्ट्रिय संस्था बुद्ध सेन्टरलाई जग्गा उपलब्ध गराउने भएको हो ।

बुद्ध सेन्टरले वडा नम्बर ८ मा संसारकै सबैभन्दा ठूलो बुद्ध मूर्ति निर्माण गर्ने तथा बुद्धसँग सम्बन्धित धेरै विषय  वस्तुहरुको स्थापना गर्ने गरी धनेसपुरमा जग्गा उपलब्ध गराउने निणर्य गरिएको वडा अध्यक्ष गुणनिधी भुसालले वैखरी अनलाईनलाई जानाकारि दिए ।

भुसालले वडा न. आठ मात्र नभई सिङ्गो नगरपालिका र जिल्लाको पहिचानका लागी यस्तो कार्यको थालनी गरेको बताए ।

वडाको शान्ताकुन्ज मधुवन धाममा बन्ने  विपश्यना केन्द्र र धनेसपुर क्षेत्रमा बन्ने संसारकै ठूलो बुद्धमुर्तिले वडामा लाखौंको सख्यामा पर्यटक भित्राउने लक्ष्य वडाले लिएको छ ।

 

सम्बन्धित् समाचार