गृहपृष्ठ खबर कपिलवस्तुमा पनि मनाइयो अन्तर्राष्ट्रिय बाल दिवस

कपिलवस्तुमा पनि मनाइयो अन्तर्राष्ट्रिय बाल दिवस

कपिलवस्तु ,मंसिर४
आज अन्तर्राष्ट्रिय बाल दिवस धुमधामका साथमा तौलिहवामा मनाईएको छ । कपिलमुनी बाल समूहको आयोजना र डायनामिक सामाजिक विकास संस्था तथा कपिलवस्तु नगरपालिका वडा नं. १ को आर्थिक सहयोगमा दिप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ ।

वडा नं. १को कपिलमुनी बाल समूहका अध्यक्ष शिवा गुप्ताको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

कपिलवस्तु नगरपालिकाका सामाजिक विकास संयोजक प्रकाश गैरेको प्रमुख आतिथ्यता, डायनामिक सामाजिक विकास संस्थाका अध्यक्ष मोहम्मद ईरफान मन्सुरीको विशिष्ट आतिथ्यता रहेको थियो ।

त्यस्तै अतिथिहरु कपिलवस्तु नगरपालिकाका वडा नं. १ का वडा सदस्य कौशिल्या गुप्ता लगायतको आतिथ्यता रहेको थियो । उक्त कार्यक्रमको उद्घाटन तथा सम्बोधन गर्दै प्रमुख अतिथिले बाल बालिकाकोे हक अधिकार कपिलवस्तु नगरपालिकाले विभिन्न शिर्षकहरुमा कार्यक्रम तथा बजेट विनियोजन गरेको र यस्ता कार्यक्रमहरु संचालन गर्नु पर्ने आवश्यक रहेको बताउनु भएको थियो । उहाले बालबालिकाहरु काचो माटो जस्तै हुन्, जे सिकाउछन् त्यही नै सिक्ने हुदा राम्रो कुरा सिकाउनु पर्नेमा जोड दिनु भएको थियो । कपिलवस्तु नगरपालिका २०७७ असार मसान्त सम्म बालमैत्री नगर घोषणा गर्ने लक्ष्य लिएकोमा त्यसै अनुरुप कार्यक्रमको संचालनमा सबै लाग्नु पर्ने गैरेले बताउनु भएको थियो ।

त्यस्तै कार्यक्रमका विशिष्ट अतिथि डायनामिक सामाजिक विकास संस्थाका अध्यक्ष मोहम्मद ईरफान मन्सुरीले बालबालिकामा निकै लगानी गर्नु पर्ने, राष्टिय अन्र्तराष्ट्रिय नीति नियम पूर्णरुपमा लागु गर्ने पर्ने कुरामा जोड दिनु भयो । कपिलवस्तु नगरपालिकामा बाल विवाह र बालश्रम निकै चुनौती पूर्ण रहेको र यस्ता चुनौतीहरुलाई हटाउनको लागि नगरबासीलाई सहयोग गर्न अनुरोध गर्नु भएको छ ।

कार्यक्रमका अध्यक्ष वडा नं. १को कपिलमुनी बाल समूहका अध्यक्ष शिवा गुप्ताले कार्यक्रमको समापनमा बोल्दै यस्ता कार्यक्रमहरु गर्दै आएको र आगामी दिनमा पनि गर्ने र नगरबासी तथा संघ संस्थाको सहयोग आवश्यक रहेको बताउनु भएको थियो । कार्यक्रमको संचालन डायनामिक सामाजिक विकास संस्थाका सदस्य विक्रम विश्वकर्माले गर्नु भएके थियो । उक्त कार्यक्रममा ८० जना बालबालिका तथा युवाहरुको सहभगिता रहेको थियो ।

सम्बन्धित् समाचार