गृहपृष्ठ Featured दर्शकले फरक महसुस गर्नेगरी हुन्छ एघारौं कपिलवस्तु महोत्सव : संयोजक राजकुमार खाँण

दर्शकले फरक महसुस गर्नेगरी हुन्छ एघारौं कपिलवस्तु महोत्सव : संयोजक राजकुमार खाँण

प्रकाशित मिति:

एघारौं कपिलवस्तु महोत्सव एवं कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी २०७६ यहि मंसिर १९ गते देखि पौष १ गते सम्म बाणगंगा वेलफेयर सोसाइटीको आयोजनामा संचालन हँुदैछ । कपिलवस्तुको बाणगंगा नगरपालिका चारनम्बरमा रहेको बुुद्ध रगंशालामा एघारौं कपिलवस्तु महोत्सव सञ्चालन हुन लागेको हो । “युवा क्षमतामा अभिबृद्धि , कृषि र पर्यटनमा समृद्धि ” भन्ने नाराका साथ एघरांै कपिलवस्तु महोत्सव लाग्न थालेको हो । विगतका वर्षहरुमा भन्दा यस वर्षको एघारौं महोत्सव भिन्न खालको हुने संयोजक राजकुमार खाँणले अनलाईनलाई जानाकारी दिए । महोत्सवको संचालनको योजनाबारे एघारौं कपिलवस्तु महोत्सवको आयोजक संस्था बाणगंगा वेलफेयर सोसाईटीका अध्यक्ष राजकुमार खाँणसंग वैखरी अनलाईनका सहसम्पादक हरि घिमिरेले गरेको संक्षिप्त कुराकानी ।

राजकुमार खाँण
अध्यक्ष एवं संयोजक
बाणगंगा वेलफेयर सोसाईटी
एघारौं कपिलवस्तु महोत्सव

 

एघारौैं कपिलवस्तु महोत्सव तथा कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी किन र के का लागि ?

कपिलवस्तु महोत्सवलाई हामीले कपिलवस्तु जिल्लाकै पहिचान युुवा क्षमतममा अभिबृद्धि,कृषि र पर्यटनमा समृद्धि साथै विकाससँग जोडर हेरेका छौं । यो महोत्सवले समग्र जिल्लाको स्थानीय उत्पादन र बजारीकरणलाई प्रवर्धन गर्नु हो । साथै यहाँका ऐतिहासिक, धार्मिक स्थलहरुको प्रचार प्रसार, कला, संस्कृति तथा रितिरिवाजको संरक्षण गर्ने कार्यमा पनि महोत्सवले टेवा पुग्नेछ भन्ने सन्देश दिन चाहन्छौं । कपिलवस्तु जिल्ला शान्ति क्षेत्रको मुहान र यसलाई बढावा दिन विभिन्न जातजाती बिच सद्भाव कायम गर्नपनि एघारौं कपिलवस्तु महोत्सवलाई निरन्तरता दिएका छौं । यसले स्थानीय कृषि उत्पादन, उद्योग, व्यापार व्यवसाय, महिला उद्यमीबाट उत्पादित वस्तुहरुको प्रदर्शनी, विक्री वितरण र बजारीकरणमा समेत टेवा पुग्नेछ ।

महोत्सवका मुख्य आकर्षण के हुन् ?

महोत्सवका मुख्य आकर्षणहरुमा स्थानीय कृषिजन्य वस्तु, हस्तकला, मौलिक कला, संस्कृति, शैक्षिक एवं विभिन्न वस्तुहरुको प्रदर्शनी रहेका छन् । मेलाको अर्को आकर्षणको रुपमा कपिलवस्तुका धार्मिक, पुरातात्विक स्थलहरुको प्रचार प्रसार र प्रदर्शनी रहेको छ । कपिलवस्तु डान्स आइडलबाट स्थानीय प्रतिभा प्रस्फुटन गरी कलाकारको खोजी र प्रोत्साहन गर्नु रहेको छ । यसपटक प्रविधिलाई बढावा दिने हेतुले मेला अवधिभर फ्रि वाईफाईको व्यवस्था मिलाएका छौं । शान्ति सुरक्षालाई मध्यनजर गरी सीसी क्यामराको व्यवस्था र सम्पर्क समन्वयलाई प्रभावकारी बनाउन नेपाल टेलिकमको मोबाइल टावरको व्यवस्था मिलाएका छौं । दर्शकहरुका मनोरञ्जनका लागि ख्याती प्राप्त राष्ट्रिय तथा स्थानीय कलाकारहरुका साथै डान्स ग्रुपको बेजोड प्रस्तुति रहनेछ । साथै मनोरञ्जनका रुपमा मौतका कुँवा, बालउद्यान, झुला, पिङ लगायत रहने छन । प्रमुख आकर्षणका रुपमा नेपालकै प्रसिद्ध धार्मिक पशुपतिनाथको मन्दीर को ढाचाँको सचिवालय निर्माण गरिने छ । महोत्सवको मुल गेट मायादेवि मन्दीरको ढाचाँको हुने छ ।

महोत्सव संचालनको तयारीमा भईरहदा स्थानीय राजनैतिक दल र सरोकारवालाहरुसंगको समन्वय, अपेक्षा के छ ?

विगतका महोत्सव सफल रुपमा संचालन गर्नमा स्थानीय राजनीतिक दलको भूमिका र सहयोग स्मरणीय छ । हालसम्म आइपुग्दा पनि यसक्षेत्रमा रहेका राजनीतिक दलसंगको सहकार्य र समन्वयलाई विशेष प्राथमिकता दिएका छौं । महोत्सव सफल बनाउन राजनैतिक दल, संघसंस्था, उद्योगी, व्यापारी सुरक्षा निकाय, सबै सरोकारवालासँग सहकार्य र सुझाव सल्लाह लिएका छौं । त्यसैले मेला सफल बनाउन राजनैतिक दल र सरोकारवालाहरुको भूमिका सकारात्मक पाएका छौं । महोत्सव अवधी भर मेलालाई प्रभाव नपर्ने गरी जिल्ला भरीमा महोत्सवको पहिचान सहितका यातायातका साधनको सहज वातावरणको लागि सहयोग गरिदिनुहुन राजनीतिक दल, तथा सरोकारवालासंग अनुरोध गर्दछु ।

अन्त्यमा ?

अन्त्यमा सम्पूर्ण संचारकर्मी, उद्योगी व्यापारी, कृषक, विद्यालयका प्रधानाध्यापक, राजनैतिक दल, यस क्षेत्रका प्रभुत्व व्यक्तित्वहरु एवं यस क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण महानुभावहरु महोत्सव स्थलमा आई अवलोकन तथा सुझाव सल्लाह र सहयोग गरिदिनुहुन चुले निम्तो दिन चाहन्छु ।

सम्बन्धित् समाचार